काठमाण्डौ । विश्वभरका सेयर बजारमा चलिरहेको उथलपुथलका कारण धनाढ्यहरुको सूचिमा ठूलो बदलाव आएको छ ।
सेयरमा आएको उछालका कारण इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सहसंस्थापक तथा सीईओ एलन मस्क विश्वकै तेस्रो धनाढ्य बनेका छन् । यतिबेला उनको नेटवर्थ ११५ बिलियन डलर पुगेको छ ।
एलन मस्कले फेसबुकको सहसंस्थापक मार्क जुकरबर्गलाई पछाडि पार्दै तेस्रो स्थान कब्जा गरेका हुन् । मार्क जुकरवर्गको नेटवर्थ १११ बिलियन डलर रहेको छ ।
सन् २०२० एलन मस्कका लागि धरै नै भाग्यशाली सावित भएको छ । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार यो वर्ष अहिलेसम्म मस्कको नेटवर्थमा ८७.८ बिलियन डलरको वृद्धि भएको छ । यो सबै सेयरमा आएको तीव्र वृद्धिका कारण भएको हो ।
सन् २०२० मा अहिलेसम्म टेस्लाको सेयरमा करीब ५०० प्रतिशतको उछाल आइसकेको छ । यसका साथै भारी सेलरी प्याकेजबाट पनि मस्कलाई फाइदा भएको छ । यदि यो वर्ष टेस्लाले सबै लक्ष्यहरुलाई पूरा गर्छ भने मस्कलाई ५० बिलियन डलर तलब प्रदान गरिनेछ ।
टेस्लाका सीइओ एलम मस्क गत साता मात्रै सेन्टीबिलिनीयर्स(१०० करोड डलर) क्लबमा समावेश भएका थिए । यो क्लबमा समावेश हुने मस्क विश्वको चौथो व्यक्ति हुन् ।
मस्कभन्दा अघि यो क्लबमा मार्क जुकरबर्ग, जेफ बेजोस, र बिल गेट्स समावेश भएका थिए । सेयरमा आएको उछालका कारण टेस्लाको बजार मूल्य ४६४ बिलियन पुगेको छ । यो वृद्धिले टेस्लाले दिग्गज रिटेल समूह वालमार्ट इंकलाई पछाडि पारेको छ ।
एशियाका सबैभन्दा धनाढ्य व्यक्ति र रिलायन्स इन्डस्ट्रीजका चेयरम्यान मुकेश अम्बानी ब्लुमबर्ग इन्डेक्समा घटेर आठौं स्थानमा पुगेका छन् । अहिले उनको नेटवर्थ ७९.८ बिलियन डलर रहेको छ । यो सूचिमा अम्बानी चौथो स्थानमा पुगेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago