काठमाण्डौ । भारतीय सेयर बजारमा लिस्टिङ भएपछि पेटीएमको सेयर निकै खराब प्रदर्शन गरिरहेको छ। 

केवल २ कारोबार दिनमै यो कम्पनीका सेयरधनीहरुले ३७ प्रतिशतभन्दा बढी नोक्सानी व्यहोर्नुपरेको छ। गत बिहीबार बीएसईमा पेटीएमको सेयर भारु १९५५ र एनएसईमा भारु १९५० रुपैयाँ लिस्टिङ भएको थियो। यो दिन सेयर बजार बन्द हुँदासम्म पेटीएमको सेयरभाउ घटेर भारु १५६४.१५ मा झरेको थियो। अर्थात पहिलो दिन नै लगानीकर्ताहरुलाई २६ प्रतिशत नोक्सानी व्यहोर्नुपरेको थियो। 

भारतमा गुरु पूर्णिमाका अवसरमा सार्वजनिक बिदा दिइएकोले सेयर बजार शुक्रबार बन्द थियो। हिजो सोमबार पुनः यो कम्पनीको सेयरभाउ घटेर भारु १३६०.३० मा झरेको छ। यो दिन पनि पेटीएमको सेयरमा १३.०३ प्रतिशतले गिरावट आएको छ। 

ब्रोकरेज फर्म म्याक्वायरीले सोमबार एक रिपोर्ट जारी गर्दै पेटीएमको टार्गेट प्राइस भारु १२०० तोक्दै अन्डरपरफर्म रेटिङ दिएको छ। ‘पेटीएमको भ्याल्युएसन निकै महँगो छ र लामो समयसम्म यसको मुनाफा कमाउने क्षमतामा सन्देह उत्पन्न हुन सक्छ’, प्रतिवेदनमा उल्लेख छ। – एजेन्सी