►राजु पौडेल
अहिले सेयर बजारमा बाणिज्य बैंकहरुको चुक्तापुँजी वृद्धि र प्रथम त्रैमासिक वित्तीय विवरण चर्चाको बिषय बनेको छ । खासगरी प्रथम त्रैमासमा अधिकांश बैंकहरुको खुद मुनाफा र प्रतिसेयर आम्दानीमा भारी संकुचन आएको छ । मुनाफासँगै प्रतिसेयर आम्दानी पनि खुम्चिएपछि त्यसले अहिले बजारमा प्रत्यक्ष असर पारेको देखिन्छ । समग्रमा नेप्सेमा ठूलो हिस्सा बाणिज्य बैंकहरुको छ, यही समूहले नेप्सेको दिशा निर्धारण गर्दछ । यिनै बाणिज्य बैंकहरुको वित्तीय विवरणको यो हालत देखेर लगानीकर्ताहरु चिन्तित छन् । उसो भए के अब बाणिज्य बैंकहरुको सेयर बजारमा चार्मिङ समाप्त भएकै हो त ?
चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सबै बाणिज्य बैंकहरुले सार्वजनिक गरिसकेका छन् ।
सार्वजनिक वित्तीय विवरण अनुसार केही बैंकहरुको मुनाफा सन्तोषजनक भएतापनि अधिकांश बैंकहरुको घटेको छ । २७ बाणिज्य बैंकमध्ये १५ वटा बैंकहरुको मुनाफा बढेको छ भने १२ वटा बैंकहरुको मुनाफा घटेको छ ।
नाफा बढ्ने बैंकहरुको वित्तीय सूचकहरुको अबस्था कस्तो छ त ? हेरौं:
१. नेपाल इन्भेस्टमेन्ट बैंकः यो बैंकको २७ वटा बैंकहरुमध्येमा धेरै मुनाफा गर्ने बैंकमा दोस्रो हुन सफल भएको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा यो बैंकले ८९ करोड ४९ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको भन्दा २०.८१ प्रतिशतले बढी हो । १० अर्ब ६२ करोड ६४ लाख ३६ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ३३.६९ रुपैयाँ, मूूल्यआम्दानी अनुपात १९.२९ गुणा, प्रतिसेयर नेटवर्थ १८४.४७ रुपैयाँ रहेको छ भने निस्क्रिय कर्जा १.०४ प्रतिशत पुगेको छ । हामीले कुनै पनि कम्पनीको सेयर किन्दा यी सूचकहरुलाई विशेष रुपमा हेर्नुपर्दछ ।
२. नविल बैंक : यो बैंकले ८५ करोड १४ लाख ६ हजार रुपैया खुद नाफा आर्जन गरेको छ, जुन नाफा गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ६.६४ प्रतिशतले बढी हो । चुक्तापुँजी ८ अर्ब ४ करोड ५२ लाख २१ हजार भएको यो बैंकको प्रतिसेयर आम्दानी ४१.१० रुपैयाँ, मूूल्यआम्दानी अनुपात ३०.९७ गुणा, प्रतिसेयर नेटर्वथ १८४ रुपैयाँ र निस्क्रिय कर्जा १.११ प्रतिशत छ । यो दोस्रो बढी मुनाफा गर्ने बैंकमा परेको छ ।
३. सिभिल बैंकः यो बैंकले ११ करोड ३३ लाख ६९ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ६७९.१६ प्रतिशतले बढी हो । प्रतिशतको आधारमा सबैभन्दा बढी मुनाफा आर्जन गर्ने बैंक सिभिल बैंक हो । ५ अर्ब ९८ करोड ५२ लाख २२ हज चुक्तापुँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ८.४२ रुपैयाँ, मूूल्यआम्दानी अनुपात २६.३३ गुणा, प्रतिसेयर नेटवर्थ १३३.८७ रुपैयाँ र निस्क्रिय कर्जा ४.६९ प्रतिशत छ ।
४. एभरेस्ट बैंक : यो बैंकले ५३ करोड १४ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको भन्दा १.५७ प्रतिशत बढी हो । ६ अर्ब ११ करोड ५२ लाख ३८ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ३५.२२ रुपैयाँमा सीमित भएको छ, जुन प्रतिसेयर आम्दानी गत बर्षको भन्दा ५५.०२ प्रतिशतले कम हो । प्रतिसेयर नेटवर्थ २१०.६५ रुपैयाँ र निस्क्रिय कर्जा ०.२६ प्रतिशत छ ।
५. एनएमबि बैंक : यो बैंकले ४५ करोड १३ लाख ५३ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा २७.६१ प्रतिशत बढी हो । चुक्तापूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार भएको यो बैंकको प्रतिसेयर आम्दानी २७.९४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७२.३८ रुपैयाँ र खराब कर्जा १.६७ प्रतिशत छ ।
६. सानिमा बैंक : यो बैंकले ३४ करोड ४४ लाख ५७ हजार खुद मुनाफा गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा २६.८१ प्रतिशतले बढी हो । ८ अर्ब १२ लाख ५५ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १६.७२ रुपैयाँ, मूूल्यआम्दानी अनुपात २०.७६ गुणा, प्रतिसेयर नेटवर्थ ११७.५५ रुपैयाँ र निस्क्रिय कर्जा ०.१४ प्रतिशत छ ।
७. प्राईम कमर्सियल बैंक : यो बैंक ३४ करोड १७ लाख ५० हजार मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ३६.१२ प्रतिशतले बढी हो । ६ अर्ब ३२ करोड ५४ लाख ३२ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी २१.६१ रुपैयाँ, मूल्यआम्दानी अनुपात २०.६५ गुणा, प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ र खराब कर्जा १.३७ प्रतिशत छ।
८. माछापुच्छ्रे बैंक :यो बैंक २८ करोड ९ लाख ५९ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १३.७७ प्रतिशतले बढी हो । ८ अर्ब ३ करोड ९६ लाख १९ हजार चुक्तापूँजी भएको यो बैंक प्रतिसेयर आम्दानी १४.३५ रुपैयाँ, मूूल्यआम्दानी २२.९३ गुणा, प्रतिसेयर नेटवर्थ ११५.२८ रुपैयाँ र खराब कर्जा ०.४५ प्रतिशत छ ।
९. एनआईसी एसिया बैंक : यो बैंक २७ करोड ८६ लाख ८८ हजार रुपैयाँ मुनाफा गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ६.७५ प्रतिशतले बढी हो । ८ अर्ब ३ करोड ११ लाख १७ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १३.५१ रुपैयाँ, मूूल्यआम्दानी अनुपात २७.७५ गुणा, प्रतिसेयर नेटवर्थ १२९.४२ रुपैयाँ र खराब कर्जा ०.२९ प्रतिशत छ ।
१०. लक्ष्मी बैंक : यो बैंक १७ करोड ९ लाख ८८ हजार मुनाफा गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा २५.८६ प्रतिशत अधिक हो । ८ अर्ब २१ करोड ९६ लाख ५३ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ८.२४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ र निस्क्रिय कर्जा १.७८ प्रतिशत छ ।
११. जनता बैंकः यो बैंकले ६ करोड ४८ लाख १७ हजार मुनाफा गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १.३१ प्रतिशतले अधिक हो । ६ अर्ब ९९ करोड ३६ लाख ९६ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ३.७१ रुपैयाँ, मूूल्यआम्दानी अनुपात ६९ गुणा, प्रतिसेयर नेटवर्थ १२७.०६ रुपैयाँ र खराब कर्जा १.६५ प्रतिशत रहेको छ ।
१२. एसबिआई बैंक : पहिलो त्रैमासमा यो बैंक ४३ करोड ८८ लाख ६५ हजार मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा २३.९१५ ले अधिक हो । चुक्तापूँजी ६ अर्ब ९७ करोड १७ लाख ९८ हजार रहेको यो बैंकको प्रतिसेयर २५.१८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६२.४० रुपैयाँ र खराब कर्जा ०.१३ प्रतिशत छ ।
१३. सेञ्चुरी बैंक : यो बैंकले १० करोड ५७ लाख ७९ हजार मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ४२.४१ प्रतिशतले अधिक हो । ५ अर्ब ४६ करोड ६ लाख २९ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ७.७५ रुपैयाँ, मूूल्यआम्दानी अनुपात २९.१७ गुणा, प्रतिसेयर नेटवर्थ १२२.४० रुपैयाँ र खराब कर्जा १.७० प्रतिशत छ ।
१४. स्ट्याण्डर्ड चार्टर्ड बैंक : यो बैंकले ४८ करोड २५ लाख ३१ हजार रुपैया मुनाफा गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ३८.०९ प्रतिशत बढी हो । ४ अर्ब ५७ करोड २५ लाख ३१ हजार रुपैया चुक्तापुँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ४८.१८ रुपैयाँ, नेटवर्थ ३१३.४९ रुपैयाँ र खराब कर्जा ०.१८ प्रतिशत छ ।
१५. एनसीसी बैंक : यो बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड ४५ लाख ८३ हजार मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.५६ प्रतिशतले बढी हो । ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १४.०७ रुपैयाँ, नेटवर्थ १५८.२३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.२२ गुणा र निस्क्रिय कर्जा ४.२९ प्रतिशत रहेको छ ।
माथि उल्लेखित १५ वटा बैंकहरु चालू आर्थिक बर्षको प्रथम त्रैमासमा मुनाफा आर्जन गर्न सफल भएता पनि बाँकी १२ वटा बैंकको मुनाफामा कमी आएको छ । मुनाफामा गिरावट आउने बैंकहरुको वित्तीय सूूचकहरुको अवस्था यस्तो छ:
१. मेगा बैंकः यो बैंकले ८ करोड ११ लाख ९२ हजार मुनाफा गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ४४.७४ प्रतिशत कम हो । ४ अर्ब ५८ करोड ३३ लाख १३ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ६.८८ रुपैया, मूूल्यआम्दानी अनुपात ६६.५७ गुण, प्रतिसेयर नेटवर्थ १२९.७० रुपैयाँ र खराव कर्जा १.६७ प्रतिशत छ ।
२. कुमारी बैंकः यो बैंकले ११ करोड २० लाख ९६ हजार नाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १८.२४ प्रतिशत कम हो । ५ अर्ब ९६ करोड ९४ लाख ९६ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ६.५१ रुपैयाँ, मूूल्यआम्दानी अनुपात ४१.०१ गुणा, प्रतिसेयर नेटवर्थ १४५.९१ रुपैयाँ र खराब कर्जा १.९७ प्रतिशत छ ।
३. नेपाल बंगलादेश बैंक : यो बैंकले १५ करोड ४० लाख १० हजार खूद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ३१.५ प्रतिशत कम हो । ८ अर्ब ८ करोड ५५ लाख ९९ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ, मूूल्यआम्दानी अनुपात ४४ गुणा, प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ र खराब कर्जा .०४३ प्रतिशत छ ।
४. सनराईज बैंक : यो बैंकले २० करोड ३७ लाख ८ हजार नाफा कमाएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १९.५२ प्रतिशतले कम हो । ८ अर्ब १५ करोड २५ लाख ५६ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ९.९९ रुपैयाँ, मूूल्यआम्दानी अनुपात ३३.१२ गुणा , प्रतिसेयर नेटवर्थ १२१.०६ रुपैयाँ र खराब कर्जा १.४९ प्रतिशत छ ।
५. सिद्धार्थ बैंकः यो बैंकले २१ करोड ६४ लाख ४२ हजार नाफा कमाएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ३९.८२ प्रतिशत कम हो । ६ अर्ब ८४ करोड ४९ लाख ४९ हजार चुक्तापँुजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १२.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५२.७३ रुपैयाँ र खराब कर्जा २.०१ प्रतिशत छ । गत बर्षको भन्दा यो बैंकको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ ।
६. बैंक अफ काठमाण्डौ : यो बैंकले २२ करोड ४० लाख ४६ हजार खूद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १७.३२ प्रतिशतले कम हो । ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार चुक्तापँुजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १५.९२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.८३ गुणा, प्रतिसेयर नेटवर्थ १६२.५० रुपैयाँ र खराब कर्जा २.०८ प्रतिशत छ।
७. सिटिजन बैंक : यो बैंकले ३१ करोड ९० लाख ९९ हजार नाफा कमाएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ७.५४ प्रतिशतले कम हो । ८ अर्ब २ करोड ९१ लाख ६० हजार चुक्तापुँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १५.९० रुपैयाँ, मूूल्यआम्दानी अनुपात १९.३१ गुणा, प्रतिसेयर नेटवर्थ १२१.०२ रुपैयाँ र खराब कर्जा १.९९ प्रतिशत छ ।
८. ग्लोबल आईएमइ बैंक : यो बैंकले ३५ करोड ३२ लाख ३ हजार नाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १६.०९ प्रतिशतले कम हो । ८ अर्ब ८ करोड ३ लाख ४२ हजार चुक्तापुँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १७.४८ रुपैयाँ, मूूल्यआम्दानी अनुपात २२.०८ गुणा, प्रतिसेयर नेटवर्थ १५४.२८ रुपैयाँ र खराब कर्जा १.५७ प्रतिशत छ ।
९. कृषि विकास बैंकः यो बैंकले ३६ करोड ३९ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १३.८३ प्रतिशतले कम हो । ७ अर्ब ८ करोड ७६ लाख ८० हजार चुक्तापुँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १५.९४ रुपैयाँ, मूल्यआम्दानी अनुपात २८.१७ गुणा, प्रतिसेयर नेटवर्थ २४३.२४ रुपैयाँ र खराब कर्जा ३.५४ प्रतिशत छ ।
१०. हिमालयन बैंक : यो बैंकले ४१ करोड १ लाख १२ हजार नाफा कमाएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ६.४६ प्रतिशत कम हो । ६ अर्ब ४९ करोड १६ लाख २४ हजार चुक्तापुँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी २५.२७ रुपैया, मूूल्यआम्दानी अनुपात ३५.३५ गुणा, प्रतिसेयर नेटवर्थ १८७.६० रुपैयाँ र खराब कर्जा १.२४ प्रतिशत छ ।
११. प्रभु बैंक : यो बैंकले २५ करोड ७ लाख २९ हजार आम्दानी गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ९.९६ प्रतिशतले कम हो । ५ अर्ब ८८ करोड १ लाख ४२ हजार चुक्तापुँजी भएको यो बैंक प्रतिसेयर आम्दानी १७.०५ रुपैयाँ, मूल्यआम्दानी अनुपात २२.१७ गुणा, प्रतिसेयर नेटवर्थ १४७.०४ रुपैयाँ र खराब कर्जा ४.२३ प्रतिशत छ ।
१२. नेपाल बैंक : २७ वटा बाणिज्य बैंकमध्य सबैभन्दा बढी मुनाफा गर्न सफल यो बैंकले ९७ करोड १३ लाख १८ हजार नाफा कमाएको छ । जुन आम्दानी गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १६.७० प्रतिशत कम हो । ८ अर्ब ४ करोड २६ लाख ६२ हजार चुक्तापूँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ४८.३२ रुपैयाँ, मूूल्यआम्दानी अनुपात ७.०४ गुणा, प्रतिसेयर नेटवर्थ १५९.१८ रुपैयाँ र खराब कर्जा ३.४२ प्रतिशत छ । नेपाल बैंकले रिजर्भ कोषमा भारी बढोत्तरीसँगै बोनस दिनसक्ने क्षमता बनाएको छ ।
बाणिज्य बैंकहरुको सेयरमा लगानी गर्दा माथि उल्लेखित सूूचकहरुको गहन अध्ययन गरेर मात्र लगानी गर्नुपर्छ ।
पहिलो त्रैमासको वित्तीय विवरण घोषणा गरेका बैंकहरुमध्ये यहाँ राष्ट्रिय बाणिज्य बैंकको मुनाफा उल्लेख गरिएको छैन । बाँकी बैंकहरुमा १५ वटा बैंकहरु गत आर्थिक बर्षको सोही अबधिको तुलनामा केही प्रतिशत मुनाफामा वृद्धि गर्न सफल भएतापनि बाँकी १२ वटा बैंकको मुनाफामा संकुचन आएको छ । ग्लोबल आईएमइ, सेञ्चुरी, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल बैंक र प्रभु बैंक बाहेक अरु सबै बैंकको प्रतिसेयर नेटवर्थ घटेको छ । पुँजी वृद्धि अनुसार ब्यापार विस्तार गर्न नसक्दा सबै बैंकहरुको प्रतिसेयर आम्दानीमा पनि निकै गिरावट आएको छ । सबैभन्दा बढी प्रतिसेयर आम्दानीमा गिरावट एभरेस्ट बैंक र सिद्धार्थ बैंकमा आएको देखिन्छ ।
बाणिज्य बैंकहरुको खुद मुनाफा र प्रतिसेयर आम्दानीमा कमी आउनुका प्रमुख कारण यस्ता छन् :
विगतमा पनि पुँजी वृद्धिको केही समय यस्तै अवस्था देखिएको थियो । पहिलो त्रैमासमा खुद मुनाफामा कमी र प्रतिसेयर आम्दानीमा पहिरो जाने बित्तिकै आत्तिनुपर्ने अवस्था छैन । बाँकी तीनवटा वित्तीय विवरण आउन बाँकी नै छ । सुरक्षित र लामो समयको लगानीका लागि उपयुक्त क्षेत्र भनेकै बाणिज्य बैंकहरुको समूूह हो । तपाईहरु ढुक्क हुनुहोस्, पुस मसान्तपछिको दोस्रो त्रैमासिक रिपोर्टमा बाणिज्य बैंकहरु सबल र बलिया भएर आउनेछन् ।
(लेखक सेयर बजारका अध्येता हुन् ।)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19