काठमाण्डौ । सेयर कारोबारमा भ्याट लगाउने बिषय निश्कर्षमा नपुग्दा नेपालको सेयर बजार लामो समयदेखि चमकविहीन अवस्थामा छ ।
लगानीकर्तामा भ्याटको भूत सवार भएका कारण यसले बजारलाई निरन्तर घटाइरहेको ठान्नेहरु धेरै छन् । कारोबारमा भ्याट लाग्ने बिषयले समयमै निश्कर्ष पाउन नसक्दा यहाँका लगानीकर्ता त्रसित छन् । भलैं, वेटिङ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार गठन भएपछि सेयर कारोबार भ्याट नलाग्ने भनेर लगानीकर्तालाई पटक पटक आश्वासन दिइरहेका छन् । तर, उनको आश्वासनले समेत काम नगरेको देखिएपछि लगानीकर्तामा भ्याटको त्रास कुन हदसम्म छ, त्यो सहजै बुझ्न सकिन्छ ।
घरेलु सेयर बजारमा भ्याट(कर)को त्रास व्याप्त रहँदा छिमेक(भारत)मा भने यस्तै प्रकृतिको व्यवस्थाले बजारमा पहिरो गएको छ । लगानीकर्ताले एक दिनमै करोडौं गुमाएका छन् ।
मोदी सरकारले आर्थिक वर्ष २०१८–१९ को पूर्ण बजेट फेब्रुअरी १ मा प्रस्तुत गर्यो । बजेटमा मोदीको एउटा निर्णयका कारण यस्तो अवस्था आएको हो । मोदीको एउटा यस्तै निर्णयले भारतको बजारका लगानीकर्तामा हाहाकार मच्चिइरहेको छ र शुक्रबारसम्म लगानीकर्ताले ४.५ लाख करोड रुपैयाँ गुमाइसकेका छन् ।
बिहीबार प्रस्तुत बजेटमा बित्तमन्त्री अरुण जेट्लीले सेयर बजारका लङ टर्मवाला लगानीकर्तालाई लङ टर्म क्यापिटल गेन ट्याक्स(एलटीसीजी) लगाउने घोषणा गरेका छन् । यो व्यवस्था अन्तर्गत खरीद गरेर १ वर्ष वा सोभन्दा बढी अवधिसम्म राखिने सेयरहरुले यदि १ लाख रुपैयाँ आम्दानी गर्छन् भने उनीहरुले त्यसको १० प्रतिशत कर सरकारलाई बुझाउनुपर्दछ । यस्तै, बजेटमा सेक्युरिटी ट्रान्जेक्सन ट्याक्स(एसटीटी) समेत हटाउने घोषणा गरिएको छ । यसको अर्थ, त्यहाँका सेयर लगानीकर्ताले अब दुईथरि कर तिर्नुपर्नेछ । यहीकारण त्यहाँको स्टक मार्केटमा बिक्रीको चाप ह्वात्तै बढेको भारतीय मिडियाहरुले जनाएका छन् ।
त्यहाँको सरकारले अहिले पनि सेयरमा सेक्युरिटी ट्रान्जेक्सन ट्याक्स(एसटीटी) लगाउने गरेको छ । लङ टर्म क्यापिटल गेन ट्याक्स समेत लागेपछि एकवर्षपछि सेयर बिक्रीबाट हुने मुनाफाबाट कर तिर्नुपर्ने हुन्छ । अहिले एक वर्ष भन्दा कम समयमै कुनै कम्पनीको सेयर बिक्री गर्दा नाफा भए १५ प्रतिशतको सर्ट टर्म क्यापिटल गेन ट्याक्स तिर्नुपर्छ ।
लगातार गिरावट
बजेटको प्रस्तुतीसँगै बजारमा लगातार गिरावट भइरहेको छ । बजेटको भोलिपल्ट समेत बजारमा गिरावट आउँदा लगानीकर्ताको एकदिनमै ४ लाख ५८ हजार ५८१.३८ करोड भारु डूबेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago