काठमाण्डौ । भियतनामको विद्युतीय सवारीसाधन निर्माता कम्पनी ‘भिन फास्ट’को सेयरले भ्याल्युएसन ट्रेडिङको पहिलो दिनै ‘फोर्ड’ र ‘जनरल मोटर्स’ जस्ता कम्पनीलाई पछि पारेको छ।
न्युयोर्क स्टक एक्सचेन्जमा लिस्टिङको पहिलो दिनै भिन फास्टको सेयर ३७ डलरमा बन्द भएको छ। यद्यपि यो कम्पनीको सेयर अझै मुनाफाको स्थितिमा भने पुग्न सकेको छैन।
लिस्टिङको पहिलो दिनै ‘विन फास्ट’को बजार मूल्य ८५ अर्ब डलर पुगेको छ। यो बजारमा स्थापित फोड’ (४८ अर्ब डलर) र जनरल मोटर्स (४६ अर्ब डलर) जस्ता कम्पनीभन्दा बढी हो।
द्रुत रुपमा बढिरहेको ईभी बजारमा हिस्सेदारीका लागि नयाँ खेलाडीका रुपमा भिन फास्टको प्रवेश भएको छ। लिस्टिङले विन फास्टका अध्यक्ष तथा संस्थापक फाम न्हाट भ्युङको नेटवर्थ ३९ अर्ब डलरले बढाएको छ। उनी भियतनामको सबैभन्दा धनी व्यापारी हुन्।
नियामक निकायमा दायर गरिएका कागजातले कम्पनीमा भ्युङको ९९ प्रतिशत सेयर रहेको देखाउँछ। यो सेयर भियतनामको सबैभन्दा ठूलो कम्पनी विङ ग्रुप जेएससीमार्फत लिइएको हो। सीमित संख्यामा मात्रै सेयर कारोबार गर्न सकिने भएकाले कम्पनी यति उच्च मूल्यमा सूचीकृत भएको हो। –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago