काठमाण्डौ । विश्व क्रिकेट जगतका महान भारतीय क्रिकेट खेलाडी सचिन तेन्डुलकरले सेयर बजारमा समेत कमाल गरेका छन् ।

उनको लगानी रहेको कम्पनी आजाद इन्जिनियरिङ भारतीय सेयर बजारमा प्रवेश गरेको छ । कम्पनीको आईपीओ सूचीकृत भएसँगै कम्पनीले लगानीकर्तालाई ३७ प्रतिशतको प्रिमियम दिएको छ ।

आजाद इन्जिनियरिङको सेयरमूल्य वृद्धि भएपछि सचिन तेन्डुलकरले केहि समयमानै करोडौ रुपैयाँ आर्जन गरेका छन् । 

प्रतिकित्ता ५२४ भारुमा निष्कासन भएको कम्पनीको सेयरमूल्य ३७ प्रतिशतले बढ्दै प्रतिकित्ता भारु ७२० को उचाई पुगेको थियो । तर आज कम्पनीको सेयरमूल्य ६६९ भारुमा कारोबार भईरहेको छ । 

९ महिना अघि मार्च २०२३ मा भारु ३ हजार ४२५ प्रति सेयरका हिसाबले ५ करोड रुपैयाँ लगानी गरेका थिए । कम्पनीको आईपीओ सूचीकृत भएसंगै सचिनको लगानी बढेर ३१ करोड भारु पुगेको छ । यसरी सचिनले भारु २६ करोड अनुमानित लाभ हासिल गरेका छन् ।  
आजाद इन्जीनियरिङले भारु ७४० करोड रुपैयाँ बराबरको आईपीओ निकाष्नस गरेको थियो । -
एजेन्सी