 
                     
                                Nepal Clearing House
 
                                    काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमीटेडमार्फत सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडको संस्थापक तथा सर्वसाधारण समूहको हकप्रद सेयर लिलाम बिक्रीको बाँडफाँटमा नपरेका शेयरबापतको रकम अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीको आईपीओ रिफन्डप्रडक्टमार्फत सोझै आवेदकको बैंक खातामा पहिलोपटक भुक्तानी गरिएको छ ।
अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध नरहेका बैंक तथा बित्तीय संस्था र बैंक खाता उपलब्ध नगराएका लगानीकर्ताका लागि ग्लोबल आइएमई क्यापिटलले असोज १४ गतेदेखि छुट्टै चेकबाट भुक्तानी गर्ने व्यवस्था मिलाएको हो ।
सो भुक्तानी सोझै बैंक खातामा जम्मा गर्दा लगानीकर्ताहरुले चेक लिन र जम्मा गर्न हालसम्म भोग्दै आएको कठिनाई कम भएको र समयको निकै बचत भएको कम्पनीले दाबी गरेको छ ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले हाल संचालन गर्दै आएको NCHL-IPS प्रणालीमा हाल ६३ बैंक तथा बित्तीय संस्था र ३ रेमिट कम्पनीहरु आबद्ध छन् ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19