काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सेयर धितोकर्जाको सीमा बढाएसँगै ज्योति विकास बैंकले त्यस्तो कर्जा लिन सेयर लगानीकर्तालाई आह्वान गरेको छ । 

केन्द्रीय बैंकले बुधबार बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै मौद्रिक नीतिमार्फत कायम सेयर मूल्याङ्कनको ५० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्थामा परिमार्जन गरी ६५ प्रतिशत बनाएको थियो । 

सो व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय बैंकले बित्तीय संस्थालाई निर्देशन जारी गरेलगत्तै ज्योति विकास बैंकले परिमार्जित व्यवस्था अनुसार कर्जा दिने भन्दै लगानीकर्तालाई ऋण लिन आह्वान गरेको हो । 

आवश्यक कागजात पेश गरेको एकदिनमै सेयर धितो कर्जा पाइने ज्योति विकास बैंकले उल्लेख गरेको छ ।