काठमाण्डौ । पूँजी वृद्धिको क्रममा रहेको सेवा विकास बैंकले सेयरधनीलाई १२० प्रतिशत हकप्रद दिने निश्चित भएको छ । 

नेपाल धितोपत्र बोर्डबाट असोज ६ गते यो बैंकको १२० प्रतिशत हकप्रदको प्रस्तावलाई अन्तिम स्वीकृति प्राप्त भएसँगै लगानीकर्ता सुनिश्चित भएका हुन् । 

यो बैंकको कुल चुक्तापूँजी ४२ करोड रुपैयाँ रहेको छ । स्वीकृत १२० करोड हकप्रद जारीपछि कम्पनीको कुल चुक्तापूँजी ९४ करोडको हाराहारीमा पुग्ने बताइएको छ । 

यो विकास बैंकको जगेडा कोषमा २२ करोड रुपैयाँ रहेको छ ।

सेवा विकास बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा १० करोड ७६ लाख खूद नाफा आर्जन गरेको थियो । 

बैंकको प्रतिशेयर आम्दानी २५.३० रुपैयाँ, मूल्य आम्दानी अनुपात(पीई रेसियो) २१ दशमलव ८६ गुणा, प्रतिशेयर नेटवर्थ १५२.२३ रुपैयाँ रहेको छ ।