काठमाण्डौ । सगरमाथा इन्स्योरेन्सले बिहीबार एकैदिन विभिन्न क्षेत्रमा ६ वटा शाखा र ३ वटा उपशाखा संचालनमा ल्याएको छ ।
पछिल्लो समय तीव्र प्रतिस्पर्धा भइरहेको बिमा क्षेत्रमा आफूलाई अब्बल बनाउने उद्देश्यका साथ यो कम्पनी समेत सेवा बिस्तारमा आक्रामक देखिएको हो ।
कम्पनीका संचालक पद्म ज्योति तथा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बारा जिल्लाको सिमरास्थित नयाँ शाखा कार्यालयको संयुक्त उद्घाटन गरे ।
सो अवसरमा संचालक पद्म ज्योतिले नेपालका सबै समुदायका जनमानसमा बिमा सेवा पुर्याउने उद्देश्यका साथ कम्पनीले कार्य गरिरहेको र आगामी दिनमा यसलाई व्यापक रुपमा प्रभावकारी ढंगबाट बिमा सेवा बिस्तारमा कम्पनी लागिपर्ने बताए ।
सो अवसरमा यातायात व्यवसायी संघका अध्यक्ष ओमकृष्ण कार्कीले समेत बोलेका थिए ।
कम्पनीका प्रमुखकार्यकारी अधिकृत चंकी क्षेत्रलीले कम्पनीले आजबाट सिमरा लगायत सुनसरीको धरान, पोखराको लेखनाथ, रुपन्देहीको मनिग्राम, सल्यानको श्रीनगर र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा तथा चितवनको टाडी, पाल्पाको तानसेन र रुकुमको मुसीकोटमा उपशाखा कार्यालयहरु एकसाथ संचालनमा ल्याइएको समेत जानकारी दिए ।
कम्पनीले प्रधान कार्यालयसहित ४८ वटा शाखा, उपशाखा तथा एक्सटेन्सन काउण्टरमार्फत निर्जिवन बीमा सेवा प्रदान गर्दै आएकोमा अब कार्यालयको संख्या ५९ वटा पुुगेको जानकारी दिंदै चालु आर्थिक वर्षको अन्तसम्म थप १० वटा शाखा, उपशाखा तथा एक्सटेन्सन काउण्टर स्थापना गरिने जानकारी दिए ।
यस कम्पनीले संघीय संरचनाअनुसार ७ वटै प्रद्येशका ३८ जिल्लामा आफ्नो कार्यालय खोली बिमा सेवा प्रदान गरिरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19