काठमाण्डौ । माछापुच्छ्रे बैंकले जेठ महिनाभित्र मात्रै १७ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । जेठ १ र ६ गते १३ नयाँ शाखा संचालनमा ल्याएको बैंकले जेठ ३१ गते बिहीबार पनि एकैसाथ ४ नयाँ शाखा संचालनमा ल्याएको हो । 

जेठ ३१ गते सप्तरीको कृष्णसावरन गाउँपालिका, भोजपुुरको ट्याम्के मैयुुंम गाउँपालिका, दार्चुुलाको मालिकाअर्जुुन गाउँपालिका र धनुुषाको नगराइन नगरपालिकामा एकसाथ नयाँ शाखा स्थापना गरी संचालनमा ल्याइएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले वाणिज्य बैंकको उपस्थिति नरहेका ४ गाउँपालिका र नगरपालिकाहरुमा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

यस बैकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्ब निक्षेप परिचालन गरी रु. ६२ अर्व  कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१करोड खुद मुनाफा गरेको छ ।

ती शाखाहरु समेत बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८१ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखारहित बैंकिङ्ग  सेवा समेत गरी  जम्मा १०४ स्थानबाट बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर ८८ एटीएम संचालनमा रहेका छन् ।