काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक आफ्नो सेवा बिस्तारमा आक्रामक बन्दै गएको छ ।

बैंकले बुधबार एकैसाथ गण्डकी प्रदेश कार्यालय र गण्डकी प्रदेश अन्तर्गत ८ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । 

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख भए अनुसार सेञ्चुरी कमर्सियल बैंकले गण्डकी प्रदेश कार्यालयको सुरुवात गरेको हो ।

विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा बैंकले बगर, बिरौटा, तालचोक, दुलेगौंडा, भिमाड, कुस्मा, बाग्लुङ र बेनीमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । 

सो गण्डकी प्रदेश कार्यालयको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ्ग र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले संयुक्त रुपमा गरे ।

साथै ८ वटा शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका छन् । उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानीय जनप्रतिनिधि, स्थानीय व्यवसायी तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो । 

नयाँ शाखा कार्यालयहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगाएतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ ।  

शाखा कार्यालयहरुको उद्धघाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

बैंकको गत अषाढ मसान्तमा कुल निक्षेप रु. एकसठ्ठी अरब बत्तिस करोड तथा कुल कर्जा रु. पचपन्न अरब पुगेको छ ।