Muktinath Bikas bank
काठमाण्डौ । गत आर्थिक वर्षमा अधिकांश सूचकमा तीव्र सुधार गरी देशकै टप विकास बैंक बन्न सफल मुक्तिनाथ विकास बैंकले आफ्नो सेवा बिस्तारलाई समेत प्राथमिकतामा राख्न थालेको छ । यही क्रममा बैंकले शाखा बिस्तारको अभियानलाई आक्रामक बनाएको हो ।
बैंकले एकसाथ महोत्तरी जिल्लाको बर्दीबास, रौतहट जिल्लाको चन्द्रनिगाहपुर, सुनसरी जिल्लाको इटहरी तथा इनरुवा र झापा जिल्लाको दमक गरी आफ्ना पाँच शाखा कार्यालय विस्तार गरेको छ ।
बर्दीबास शाखाको समुद्घाटन उद्योग वाणिज्य संघ बर्दीबासका अध्यक्ष प्रल्हाद क्षेत्री, रौतहट शाखाको समुद्घाटन प्रतिनिधि सभाका सदस्य देवप्रसाद तिमल्सिना, ईटहरी शाखाको समुद्घाटन ईटहरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेशकुमार विष्ट, इनरुवा शाखाको समुद्घाटन प्रदेशसभा सदस्य राजिब कोइराला तथा दमक शाखाको समुद्घाटन दमक नगरपालिका मेयर रोमनाथ ओलीले गरेका बैंकले जनाएको छ ।
शाखाकार्यालय समुद्घाटन गर्ने प्रमुखअतिथिहरुले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना दिएका थिए ।
शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका प्रमुखकार्यकारी अधिकृत प्रद्युमन पोखरेल, स्थानीय जनप्रतिनिधी, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति थियो ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभर आफ्ना ९५ वटा शाखा, १५ वटा ए.टि.एम. र तीनलाख पचहत्तर हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।
आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ए.टि.एम.कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
हालै बैंकले आकर्षक विशेषतासहितको नगद फिर्ता आवास कर्जा योजना सञ्चालनमा ल्याएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago