काठमाण्डौ । ज्योति विकास बैंक शाखा सञ्जाल बिस्तारमा आक्रामक देखिएको छ ।
यो बैंकले मंसिर १७ गते विभिन्न क्षेत्रमा आफ्ना ४ नयाँ शाखाको छुट्टा छुट्टै समारोहको आयोजना गरी उद्घाटन गरेको हो ।
बैंकले रुपन्देही जिल्लाको भैरहवा, पडसरी र अमवामा तथा कपिलवस्तु जिल्लाको जीतपुरमा नयाँ शाखा संचालनमा ल्याएको हो ।
सिद्धार्थनगर नगरपालिका वडा नं ८, भैरहवामा रहेको नयाँ शाखाको औपचारिक रुपमा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर भैरहवाका का.मु. निर्देशक ऋषिराम बराल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक कार्यक्रमबीच सोमबार संयुक्त उद्घाटन गरे ।
यस्तै, ओमसतिया गाउँपालिका वडा नं १, पडसरीमा रहेको नयाँ शाखाको औपचारिक रुपमा ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुल तथा बैंकका सञ्चालक ध्रुव कोइराला र सियारी गाउँपालिका वडा नं ७, अमवामा रहेको नयाँ शाखा औपचारिक रुपमा सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु तथा बैंकका संचालक जगदीश्वरप्रसाद अधिकारीले सोमबार नै संयुक्त उद्घाटन गरेका बैंकले जनाएको छ ।
वाणगङ्गा नगरपालिका वडा नं ४ जीतपुर, कपिलवस्तुमा पनि सोमबारदेखि नयाँ शाखा सञ्चालनमा आएको बताइएको छ । सो शाखाको समुद्घाटन वाणगङ्गा नगरपालिकाका मेयर मंगलप्रसाद थारु तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए ।
हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ । चालु आर्थिक वर्षभित्र १० वटा नयाँ शाखा र २७ नयाँ ठाउँमा एटीएम मसिन लगाउने योजना छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19