काठमाण्डौ । “जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ ” भन्ने मूल नाराका साथ आधुनिक बैंकिङ्ग र लघुबैंकिङ्ग सेवा एकैसाथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभर आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा भक्तपुर जिल्लाको सूर्यविनायक र काठमाडौं जिल्लाको गोठाटारमा औपचारिक रुपमा शाखा कार्यालय विस्तार गरेको छ ।
सूर्यविनायक शाखाको समुद्घाटन प्रतिनिधि सभाका सदस्य तथा पूर्व उद्योगमन्त्री महेश बस्नेतले गरे ।
शाखाकार्यालय समुद्घाटन गर्दै प्रमुखअतिथि बस्नेतले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड दिंदै बैंकको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।
गोठाटार शाखाको समुद्घाटन कागेश्वरी मनोहरानगरपालिकाका मेयर कृष्णहरी थापाले गरे । थापाले मुक्तिनाथ विकास बैंकको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले स्थानीय संघसंस्थाहरुसँग समन्वय गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।
समुद्घाटन कार्यक्रममा बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, बैंकका प्रमुखकार्यकारी अधिकृत प्रद्युमन पोखरेल, बैंकका ब्राण्ड एम्बेसडर सीताराम कट्टेल (धुर्मुस), संस्थापक सेयरधनी, स्थानीय समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।
मुक्तिनाथविकास बैंकले देशैभर ११९ वटा शाखा, २५ वटा ए.टि.एम. र छ लाखग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।
हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago