काठमाण्डौ । माछापुच्छ्रे बैंक प्रदेश नंं १ र २ का विभिन्न जिल्लाहरुमा १३ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ । 

बैंकले प्रदेश नम्बर २ को बारा जिल्लाको सिमरा, कलैया र नीजगढ, सर्लाही जिल्लाको हरिवन, मलंगवा र लालबन्दी, त्यस्तै धनुषा जिल्लाको ढल्केबर, सिराहा जिल्लाको गोलबजार तथा सप्तरी जिल्लाको कन्ञ्चनपुरमा जम्मा ९ वटा शाखा कार्यालयहरुको औपचारिक सुरुवात गरेको हो ।

यस्तै, प्रदेश नं. १ को झापा जिल्लामा उर्लाबारी र सुरुङ्गा, उदयपुर जिल्लाको गाईघाट तथा ताप्लेजुङ्ग जिल्लाको ताप्लेजुङ्ग बजारमा गरी जम्मा ४ शाखाहरुको औपचारिक सुरुवात गरेको छ ।

यी सबै शाखाहरुको सम्बन्धित उपमहानगरपालिका, महानगर तथा स्थानीय निकायका प्रमुख तथा अन्य जनप्रतिनिधि र बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रासद महतोले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा बिस्तार गर्दै आएको छ । नयाँ शाखाहरुमार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ । 

बैंकको सातै प्रदेशमा शाखा संख्या १३६ पुगेको छ भने १२१ शाखारहित बैकिङ्ग इकाई गरी कुल २५७ स्थानबाट सेवा दिइरहेको छ । देशभर यो बैंकको १५७ वटा एटीएम समेत छन् ।