काठमाण्डौ । मुक्तिनाथ विकास बैंक पछिल्लो समय शाखा सञ्जाल बिस्तारमा आक्रामक बन्दै गएको छ ।
अधिकांश वित्तीय सूचकमा विकास बैंकहरुमै अग्रणी बन्दै आएको यो बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा एकैपटक १८ वटा शाखाको डिजिटल उद्घाटन गरेको छ ।
मुक्तिनाथ विकास बैंकले १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेशको अवसरमा काठमाण्डौमा रहेको केन्द्रीय कार्यालयबाटै १८ शाखाको डिजिटल उद्घाटन गरिएको हो ।
काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनँहुको आँबुखैरेनी, लमजुङ्गको बेसीशहर, चितवनको टाँडी, नवलपुरको गैंडाकोट, पाल्पाको रामपुर, दाङ्गको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी,झापाको काँकरभिट्टा, ईलामको इलाम, धनकुटाको धनकुटा, सुनसरीको दुहवीमा औपचारिक रुपमा शाखा समुद्घाटन गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शाखा उद्घाटनसँगै वार्षिकोत्सवका लागि तयार विशेष समारोहको समुद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले गरेका थिए ।
सो अवसरमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे । समारोहमा बैंकका पूर्व सञ्चालकहरु, वर्तमान सञ्चालकहरु, संस्थापक सेयरधनी तथा बैंकका उच्च पदाधीकारीहरुको उपस्थिति रहेको थियो ।
साथै, बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरुमा पनि विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु गरेको छ, जसमध्ये, विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, विद्यालयमा स्टेशनरीका सामाग्रीहरु तथा फर्नीचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, चेपाङ्ग संरक्षण समितिलाई खाद्यान्न वितरण, विभिन्न ठाउँहरुमा डस्ट्वीन वितरण, तराईका शीतलहरबाट प्रभावित क्षेत्रहरुमा कम्बल वितरण, एम्बुलेन्सलाई आवश्यक मर्मतसम्भार, अस्पतालमा विरामी कुरुवा बस्ने कुर्सी सहयोग गरेको छ ।
यसैगरी, बैंकले बाग्मती सरसफाई, गोदावरी सरसफाइ तथा पोखरा उपत्यका सरसफाई अभियानका लागि आवश्यक पर्ने सामाग्रीहरु पनि वितरण गरेको छ । यसैअन्तर्गत बैंकका क्षेत्रीय/शाखा कार्यालयहरुले वृहत रक्तदान कार्यक्रम पनि संचालन गरेका बैंकले जनाएको छ ।
बैंकले काठमाडौको कमलादी, काभ्रेको बनेपा, धादिङ्गको धादिङ्ग बेशी, रुपन्देहीको बुटवल, धनुषाको जनकपुर र कास्कीको नदीपुर शाखा कार्यालयहरुमा वृहत रक्तदान कार्यक्रम पनि गरेको छ । सो क्रममा ४३० पोका रगत संकलन भएको बताइएको छ ।
विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दा बैंकले कुल ८ लाख रुपैयाँ बराबरको खर्च गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago