काठमाण्डौ । सोल्टी होटलले एकसाथ नगद लाभांश, बोनस सेयर वितरण तथा साधारणसभा र बुक क्लोजको मिति तोकेको छ । 

सोल्टी होटल लिमीटेडको कात्तिक ५ गते बसेको २१३ औं बोर्ड बैठकले आफ्ना सेयरधनीलाई ६.०५२६३१५८ प्रतिशत नगद लाभांश, १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । कम्पनीले ३ करोड ५० लाख ५५ हजार ७ सय १०.२६ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ भने ८६ लाख ८७ हजार ७ सय २० कित्ता बराबरको बोनस सेयर वितरण हुनेछ । 

आइतबारको बोर्ड बैठकले कम्पनीको आगामी ४३ औं वार्षिक साधारणसभा प्रयोजनका लागि आगामी मंसिर ४ गतेदेखि २८ गतेसम्म बुक क्लोज रहने निर्णय गरेको छ । बोर्ड आगामी वार्षिक साधारणसभा आगामी मंसिर २८ गते काठमाण्डौको सुन्धारास्थित त्रिभुुवन आर्मी अफिसर्स क्लबमा आयोजन गर्ने निर्णय गरेको छ । 

यो होटलले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म १८ करोड २९ लाख खूद नाफा आर्जन गरेको थियो । हाल यो होटलको चुक्तापूँजी ५७ करोड ९१ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयरपछि चुक्तापूँजी बढेर ६६ करोड ५९ लाखको उचाईमा पुुग्नेछ ।