 
                     
                                
                             
                                    काठमाण्डौ। अमेजनले औसत लगानीकर्ताले खरिद गर्न सक्नेगरी सेयरको मूल्य घटाउने भएको छ।
कम्पनीले स्टक स्प्लिट गरी प्रतिकित्ता २ हजार ५०० डलर रहेको कम्पनीको सेयरमूल्य घटाउन लागेको हो। कम्पनीको सेयरमूल्य धेरै भएकाले औसत लगानीकर्ताको पनि पहुँच पुगोस् भन्ने उद्देश्यले कम्पनीले स्टक स्प्लिट गर्न लागेको हो।
यसबाट कम्पनीको आउटस्ट्यान्डिङ सेयरको संख्या वृद्धि हुनेछ र सेयरको मूल्य पनि घट्नेछ। कम्पनीले १ कित्ता सेयरलाई २० कित्तामा विभाजन गर्न लागेको हो। यसको अर्थ यदि कुनै लगानीकर्तासँग अमेजनको १ कित्ता सेयर छ भने सेयर विभाजनपछि उसले २० कित्ता सेयर प्राप्त गर्नेछ। सेयर विभाजनबाट लगानीको मूल्यमा कुनै परिवर्तन हुँदैन र २५०० डलर रहेको एक कित्ता सेयर २० कित्ता बन्नेछ र प्रत्येक कित्ताको मूल्य प्रतिसेयर १२५ डलर कायम हुनेछ।
प्रायजसो सेयरको मूल्य उच्च भएका कम्पनीहरुले कम्पनीको सेयरमा रिटेल लगानीकर्ताहरुको पनि पहुँच पुगोस् भन्ने अभिप्रायले स्टक स्प्लिट गर्ने गर्छन्। प्रतिकित्ता सेयर २३०० डलरभन्दा बढी मूल्य भएका र बजारपुँजीकरण झन्डै १.५ ट्रिलियन डलर भएको गुगल र युट्युबको स्वामित्वकर्ता अल्फाबेटले पनि १ कित्ता सेयरबरारबर २० कित्ता हुने गरी सेयर विभाजन गर्ने निर्णय गरेका छन्। यी दुई कम्पनीले आगामी जुलाईमा सेयर विभाजन गर्नेछन्।
यस्तै अनलाइन रिटेलर सफिफाईले जुन महिनामा १ कित्ता सेयरबराबर १० कित्ता हुने गरी सेयर विभाजन गर्ने योजना बनाएको छ। विद्युतीय कार निर्माता कम्पनी टेस्ला र गेमस्टपले पनि सेयर विभाजन गर्ने प्रस्ताव गरेका छन्।
सेयर विभाजनले सेयरलाई किफायती बनाएको जस्तो देखिए पनि ‘प्राइस–टु–अर्निङ’ वा ‘प्राइस–टु–सेल्स’रेसियाको कोणबाट हेर्ने हो भने वास्तवमा विभाजनले सेयरलाई सस्तो बनाउँदैन।
सेयर विभाजनपछि पनि अमेजनको बजार पुँजीकरण १.३ ट्रिलियन नै कायम हुनेछ। सेयर विभाजनले यसमा कुनै परिवर्नन हुने छैन। विभाजनले अमेजन, गुगल र टेस्लाजस्ता ग्रोथ स्टकहरुको स्वामित्व लिन चाहने लगानीकर्तालाई आशिंक सेयर (एक कित्ता सेयरका टुक्राहरु)खरिद गर्न वा चर्चित एक्सचेन्ज ट्रेडेड इनडेक्स फन्डहरु, एसपीडीआर एस एन्ड पी५०० इटीएफ वा नास्डकलाई पछ्याउने इन्भेस्को क्यूक्यूक्यू इटीएफमार्फत खरिद गर्न बाध्य पार्नेछ। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19