काठमाण्डौ । स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
८६ बर्षिया टेरेसाको कोरोना भाईरसको संक्रमणका कारण आज निधन भएको उनका भाई हेनरीको हवाला दिँदै स्पेनका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
योसँगै कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउने पहिलो रोयल सदस्य भएकी छिन् ।
सन् १९३३ मा फ्रान्समा जन्मिएको मारियाका ६ भाइबहिनी रहेका छन् । उनका कुनै पनि सन्तान छैनन् ।
उनले आफ्नो युवा अवस्था म्याडिडमा बिताएकी थिइन् ।
मंगलबार मात्र इन्स्टाग्राममा एक फोटो पोस्ट गर्दै उनले आफ्नो शीघ्र स्वास्थ्य लाभको कामना गर्ने आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद दिएकी थिइन् ।
यसअघि बेलायतका राजकुमार चाल्सलाई समेत कोरोना भाइरसको संक्रमण भएको खबर बाहिरिएको थियो । उनी हाल स्कटल्याण्डस्थित आफ्नो घरमा आइसोलेसनमा छन् ।
कारोना भाईरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ भने संक्रमतिको संख्या ७२ हजार २०० नाघेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago