काठमाण्डौ । फ्रान्सको राजधानी पेरिसस्थित एउटा रेस्टुराँमा स्यान्डविच ल्याउन ढिला गरेको भन्दै एक ग्राहकले गोली हानी वेटरको हत्या गरेका छन् ।
घटना गत शुक्रबारको हो । पेरिसस्थित मिस्ट्रल रेस्टुराँमा प्रवेश गरेका एक युवकले स्यान्डविच अर्डर गरेका थिए । तर ती वेटरले स्यान्डविच ल्याउन ढिला गरेपछि युवक निकै आक्रोशित भएका थिए । आक्रोशित युवकले होस गुमाउँदा आफूले बोकेको पेस्तोलबाट २८ वर्षीय ती वेटरमाथि गोली चलाएका थिए । एक राउन्ड गोली लागेका ती वेटरको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
घटनापछि रेस्टुराँका अन्य कर्मचारीले यसबारे प्रहरीमा खबर गरेका थिए । तर प्रहरी पुग्नुअगावै ती हतियारवाहक युवक फरार भइसकेका थिए ।
पेरिस प्रहरीले घटनाको अनुसन्धान भइरहेको र फरार युवकको पनि खोजी भइरहेको जनाएका छन् । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago