काठमाण्डौ । स्विट्जरल्यान्डको एउटा बहुराष्ट्रिय औषधि कम्पनी रोशले कोरोनाको उपचारका लागि आफ्नो एन्टीबडी कलटेललाई भारत पठाएको छ।
भारतमा रहेको कम्पनीको मार्केटिङ पार्टनर सिप्लाका अनुुसार यी औषधिहरुलाई कोरोनाबाट संक्रमितमा मध्यम लक्षणहरु देखिएमा दिन सकिन्छ। यो ककटेलमा दुुई प्रकार औषधिहरु कासरिभिमब र इम्डिभिमब समावेश छन् । तर यसको मूल्य आमसर्वसाधारणको पहुँचभन्दा धेरै रहेको भारतीय मिडियाहरुले जनाएका छन्।
सिप्लाको अनुसार यो औषधिको पहिलो ब्याच भारतीय बजारमा आइसकेको छ र दोस्रो ब्याच जुन महिनाको मध्यतिर आउनेछ। भारतीय मिडियाहरुका अनुसार अहिले भारतमा यसको १ लाख प्याक उपलब्ध छ। जसबाट २ लाख संक्रमितको उपचार हुन सक्छ।
यो औषधिको एउटा प्याकेटबाट दुुईजनाको उपचार हुन सक्छ । प्रत्येक बिरामीका लागि यो औषधिको एक डोजको मूल्य भारु ५९ हजार ७५० रहेको छ । यसमा कुल १२०० एमजीको औषधि रहेको छ । जसमध्ये ६०० एमजी कासरिभिमब र ६०० एमजी इम्डिभिमब समावेश छन्।
मल्टीप्याकको मूल्य
यो मल्टी डोज प्याकेटको मूल्य भारु १ लाख १९ हजार ५०० भारतीय रहेको छ । यो प्याकबाट दुुईजना बिरामीको उपचार गर्न सकिने बताइएको छ। कम्पनीले भारतका मुुख्य अस्पतालहरुमा कोरोना उपचार केन्द्रहरुका माध्यमबाट यो औषधि वितरण गरिने कम्पनीले जनाएको छ।
भारतको सेन्ट्रल डग्स स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेसन (सीडीएससीओ) ले यो औषधिलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago