काठमाण्डौ । स्विस बैंकहरुका ग्राहक रोस्टर्स संसारको सबैभन्दा ठूलो रहस्यमध्ये एक हो। यी बैंकहरुमा विश्वका केही धनी व्यक्तिहरुको नाम जोडिएका छन् र तिनले यो सम्पत्ति कसरी जम्मा गरे भन्ने सुराग पनि दिन सक्छन्।
यसबीच विश्वको सबैभन्दा प्रतिष्ठित बैंकहरुमध्ये एक क्रेडिट सुइसबाट थुप्रै असाधारण र महत्वपूर्ण डाटा लिक भएको खबर बाहिरिएको छ। लिक भएको डाटाले यो बैंकले राष्ट्र प्रमुख, गुप्तचर अधिकारी, व्यापारी र मानवअधिकार उल्लंघन गर्नेहरुका लागि करोडौँ डलर राखेको खुलासा भएको छ। योसँगै विश्वभर खैलाबैला मच्चिएको छ।
प्राप्त जानकारीअनुसार उक्त बैंकबाट १८ हजारभन्दा बढी बैंक खाताको डाटा चुहिएको छ। यी खाताहरुमा कुल १०० अर्ब डलर रकम रहेको सूचना बाहिरिएको छ। एउटा जर्मन पत्रिका क्üममभगतकअजभ श्भष्तगलन लाई यी लिक भएका तथ्यांक प्राप्त भएको थियो। उक्त पत्रिकाले ती तथ्यांकहरु संसारका अन्य ४६ मिडिया संस्थाहरुलाई पठाएको छ। जसमा संगठित अपराध र भ्रष्टाचार रिपोर्टिङ परियोजना र एक गैरलाभकारी पत्रकारिता समूह समावेश छन्।
उक्त बैंकमा सन् १९४० देखि २०१० सम्म खोलिएका खाताहरुको महत्वपूर्ण विवरणहरु चुहिएको हो। मिडिया रिपोर्टका अनुसार क्रेडिट सुइस बैंकको खाताहरुमा करोडौं डलर भएका व्यक्तिहरुमा जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकका दुई छोराहरु छन्। त्यस्तै अन्य खातावालाहरुमा पाकिस्तानी गुप्तचर प्रमुखका छोरा पनि पर्छन्। जसले सन् १९८० को दशकमा अफगानिस्तानमा मुजाहिद्दीनलाई संयुक्त राज्य अमेरिका र अन्य देशबाट अर्बौं डलर सहयोग गरेका थिए।
यो डाटा लिकले देखाउँछ कि क्रेडिट सुइसले धनीहरुका लागि खाता खोल्ने काममात्र गरेको छैन, शंकास्पद गतिविधिमा संलग्नहरुलाई सेवाहरु पनि प्रदान गरिरहेको छ।
स्विट्जरल्यान्डको एन्टी मनी लान्डरिङ एजेन्सीका पूर्वप्रमुख ड्यानियल थाल्स्लाफले स्विस बैंकहरुले आपराधिक गतिविधिसँग जोडिएको पैसा प्राप्त गरेकोमा कानुनी प्रतिबन्धको सामना गर्नुपरेको बताए। ‘तर, कानुन सामान्यतया लागू भएको छैन’, उनले भने। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago