prabhu bank limited
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले आगामी माघ १० गतेदेखि १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।
बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता सेयर आफ्ना सेयरधनीका लागि निश्कासन गर्ने भएको हो ।
इच्छुक सेयरधनीले फागुन १३ गतेभित्रमा तोकिएका स्थानमा गएर हकप्रद खरीदका लागि आवेदन दिनसक्नेछन् ।
प्रभूू बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमीटेडले गर्नेछ।
हाल यो बैंकको चुक्तापुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रदपछि चुक्तापूँजी बढेर ८ अर्ब २३ करोडको उचाईमा पुुग्नेछ ।
कहाँबाट दिने आवेदन ?
हकप्रद सेयरको दरखास्त फारम पाइने तथा बुुझाउने स्थानको रुपमा सनराइज क्यापिटलको काठमाण्डौ कमलपोखरीस्थित कार्यालय, प्रभूू बैंकका सबै कार्यालय, आश्वा सदस्य बैंक तथा तिनका शाखा रहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago