Muktinath Bikas Bank
काठमाण्डौ । राष्ट्रिय स्तरको निकै राम्रो विकास बैंकको रुपमा हेरिएको मुक्तिनाथ विकास बैंकले आगामी भदौ ४ गतेदेखि निश्कासन गर्ने हकप्रदको लागि विवरणपत्र प्रस्तुत गर्ने क्रममा झूठो विवरण देखाएर लगानीकर्ता फसाउन खोजेको भन्दै विरोध हुन थालेको छ ।
यो विकास बैंकले बुधबार एक राष्ट्रिय दैनिकमा हकप्रद निश्कासन सम्बन्धी सूचना प्रकाशितसँगै आफ्ना बित्तीय विवरण समेत प्रकाशन गरेको छ ।
भदौै ४ गतेदेखि बिक्री खुल्ला हुने हकप्रदका लागि सेयरधनीले असोज ८ गतेसम्म आवेदन दिनसक्ने बताइएको छ । यो विकास बैंकले एकसय रुपैयाँ अंकित दरका ६१ लख ७० हजार ८ सय ६५.०४ कित्ता हकप्रद निश्कासन गर्न लागेको हो ।
विकास बैंकको बिगत तथा आगामी तीन वर्षको प्रक्षेपित बित्तीय विवरणका साथै नेटवर्थको अनुमानित विवरण सार्वजनिक गर्ने क्रममा आर्थिक वर्ष ०७४/७५ देखि ०७६/७७ सम्म एउटै सेयर पूँजी देखाएर यो बैंकले निकै ठूलो त्रुटि गरेको फेला परेको छ । यी तीनवटै आर्थिक वर्षमा सेयरपूँजी २ अर्ब १५ करोड मात्र हुने भनिएको छ । जब कि यो बैंकले नेपाल राष्टबैंकको निर्देशन अनुसार आउने साधारणसभा अगाडि नै २ अर्ब ५० करोड चुक्तापूँजी पुर्याइसक्नुुपर्छ ।
‘तर, ०७६/७७ सम्मको अनुमानित आयव्यमा २१५ करोड शेयरपुँजी देखाइएको छ यसको आधारमा गणना हुने आयव्यय गलत हुन्छ, जस्तो नेटवर्थ, प्रतिसेयर आम्दानी, जगेडाकोष सबै गलत हुन्छ ।’ एक विज्ञले भने–‘कम पूँजीको आधारमा प्रतिसेयर आम्दानी धेरै आउछ, तर वास्तविकमा भने प्रति सेयर आम्दानी कम नै हुनेछ ।’
कम्पनीले संभावित लगानीकर्तालाई झूठो विवरण पेश गरी लोभ देखाएको ती विज्ञको भनाई छ । उनले थपे–‘यो गम्भीर अपराध हो ।’
मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले अडिटरहरुको सुुझावको आधारमा सेयरपूँजी २ सय १५ करोड राखिएको र यसमा बैंकको दुर्नियत नरहेको दाबी गरे । ‘हामीले यसअघिको हकप्रद निश्कासनको क्रममा जे गरेका थियौं, यसपटक पनि त्यही गरेका छौ ।’ उनले बिजशालासँग भने–‘बढी प्राविधिक कुरा हामीलाई पनि थाहा छैन, एकपटक मैले पनि बुुझ्नुुपर्छ । तर बैंकले लगानीकर्तालाई झुक्याउन खोजेको होइन ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago