काठमाण्डौ । लगभग पाँच महिनादेखि सरकारविरोधी प्रदर्शन भइरहेको हङकङ आर्थिक मन्दीको चपेटामा नराम्ररी फसेको छ ।

हङकङका वित्तमन्त्री पल चानका अनुसार यो वर्ष हङकङमा आर्थिक विकासको सम्भावना छैन । उनले गत आइतबार एउटा ब्लग पोस्ट गर्दै भनेका छन्, ‘अर्थव्यवस्थामा निकै धक्का पुगेको छ । तेस्रो त्रैमासको जीडीपीको प्रारम्भिक अनुमान लगातार दोस्रो त्रैमासको अर्थव्यवस्थाको तुलनामा गिरावट आउन सक्छ ।’

आर्थिक नियमअनुसार यदि कुनै अर्थव्यवस्था लगातार दुई त्रैमास गिरावट आउँछ भने त्यसलाई मन्दीको चपेटामा फसेको मान्नुपर्छ । 

मनी कन्ट्रोलको एउटा रिपोर्टअनुसार हङकङमा सरकारविरुद्ध प्रदर्शन सुरु हुनुअघि सरकारले हरेक वर्ष विकास दरको अनुमान गरेको थियो । तर अब यो लक्ष्य पाउन निकै मुस्किल छ ।

सरकारविरोधी प्रदर्शन २१ औँ हप्तामा पुगेको छ । प्रदर्शनका कारण हङकङ घुम्न आउने पर्यटकको संख्या घटेको छ । केही समययता सानाठूला रिटेल पसल बन्द छन् ।

हङकङमा चीनको बढ्दो हस्तक्षेपका कारण सहरका आमनागरिक सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।

मन्त्री चानका अनुसार अहिले त्यहाँ आपतको स्थिति छ ।

हङकङ पहिला ब्रिटेनको उपनिवेश थियो । अहिले त्यो चीनको विशेष क्षेत्र छ । त्यहाँको अर्थव्यवस्था पूँजीवादी हो । जुन चीनको साम्यवादी अर्थव्यवस्थाभन्दा पूरै फरक छ ।

ब्रिटेनले सन् १९९७ मा हङकङ चीनलाई अबको करिब १०० वर्ष पुरानो पूँजी अर्थव्यवस्था नै कायम गर्ने सर्तमा फिर्ता गरेको थियो । तर चीनले यो व्यवस्था परिवर्तन गर्न खोज्दा आमनागरिक प्रदर्शनमा उत्रिएका हुन् । – एजेन्सी