काठमाण्डौ । सेयर बजारमा हल्लाले कति ठूलो भूमिका खेल्छ भन्ने कुरा हालै भारतमा भएको एउटा घटनाले देखाएको छ । नेपालमा समेत हल्लै हल्लाको पछि कुद्ने लगानीकर्ताहरुको संख्या कम छैन । हल्लाकै कारण यहाँको बजार समेत बेला बेला प्रभावित हुने गरेको छ । तथ्य र सत्यभन्दा हल्लाको पछि लागेर सेयर खरीदबिक्रीको निर्णय लिंदा नेपालका समेत धेरै लगानीकर्ताले लाखौं गुमाएका छन् । हल्लाका मार छिमेका देशका बजारहरुमा अझ ठूलो स्तरमा रहेको देखिएको हो ।
भारतको चर्चित ज्वेलरी कम्पनी पीसी ज्वेलर्स लिमीटडको सेयर मूल्यले शुक्रबार एकैदिनमा ६० प्रतिशतको पहिरो व्यहोर्नुपर्यो । सेयरमा भएको भारी गिरावटले कम्पनीको बजार पूँजीकरणमा ११ हजार करोड भारुको धक्का लाग्यो भने कम्पनीका मालिकको सम्पत्तिमा मात्र ७ हजार करोडले गिरावट आयो । अत्यासलाग्दो अवस्थालाई सम्हाल्नका लागि कम्पनीका मालिकले नै स्पष्टीकरण दिनुपर्ने अवस्था सिर्जना भयो । जब कम्पनीका मालिकले आफ्ना कुरा प्रष्ट्याए, तब मात्र कम्पनीको सेयरमा देखिएको डरलाग्दो पहिरो थामियो, तर त्यसबेलासम्म लगानीकर्ताले हजारौं करोड गुमाइसकेका थिए ।
हल्ला यस्तो थियो
खासमा भारतीय सेयर बजारमा सो कम्पनीका संस्थापकले आफ्नो हिस्सेदारी बिक्री गर्न गइरहेका छन् भन्ने अफवाह फैलियो । २५ जनवरीसम्म ५६१.७१ भारु रहेको पीसी ज्वेलर्सको मूल्यमा ६० प्रतिशतको गिरावट आई घटेर १९५.१० भारुसम्म पुगेको हो । किनभने बिहीबार बजार बन्द हुँदा यो कम्पनीको मूल्य प्रतिकित्ता ४८३.६० भारु रहेको थियो ।
एक घण्टामै ११ हजार करोड स्वाहा
प्रमोटरहरुले कम्पनीमा रहेको आफ्नो हिस्सेदारी बिक्री गर्ने हल्लाका कारण कम्पनीको बजार पूँजीकरणमा एकघण्टाभित्रै ११ हजार करोडको धक्का लाग्यो । १ फेब्रुअरी, २०१८ मा यसको सेयर ४८३.६० भारुमा बन्द भएको थियो, यो भाउ भएको बेला कम्पनीको बजार पुँजीकरण १९ हजार ८२.८९ करोड रहेको थियो । तर, शुक्रबार भारी गिरावट आई मूल्य १९५.१० को स्तरमा सीमित बन्न पुगेपछि कम्पनीको मार्केट क्याप घटेर ७ हजार ६ सय ९८.६६ करोड भयो । यसको अर्थ केही समयमै यो कम्पनीले ११ हजार ३ सय ८४.२३ करोड रुपैयाँ गुमायो ।
संस्थापकले मात्र ७ हजार करोड गुमाए
पीसी ज्वेलरीमा बलराम गर्ग र पद्यमचन्द्र गुप्ताको हिस्सेदारी क्रमशः ३३.९७ र २५.५५ प्रतिशत रहेको छ । ३१ डिसेम्बर, २०१७ को डेटा अनुसार गर्गसँग कम्पनीको १३ करोड ३९ लाख ५२ हजार १०० कित्ता तथा गुप्तासँग १० करोड ७ लाख ४३ हजार ६ सय कित्ता सेयर रहेको छ । सेयर मूल्यमा भएको भारि गिरावटपछि दुवै भाईको कुल सम्पत्ति ६७७०.९७ करोड स्वाहा भयो । बिहीबार बजार बन्द हुँदासम्म उनीहरुको सम्पत्ति ११३४९.८८ करोडमा सीमित बनेको थियो ।
सफाईपछि मात्र थामियो पहिरो
आफ्नो कम्पनीको सेयर मूल्यमा भएको भारी गिरावटपछि अत्तालिएका कम्पनीका एमडी बलराम गर्गले संचारमाध्यमहरुको सम्पर्कमा आएर बजारमा फैलिएको हल्ला निराधार रहेको प्रष्ट्याए । उनले सो क्रममा कम्पनीको कुनै पनि प्रमोटरले आफ्नो एक पैसा हिस्सा बिक्री नगर्ने भन्दै लगानीकर्तालाई संयम भइदिन आग्रह गरे । उनले कम्पनीको आधारभूत पक्ष मजबुत रहेको भन्दै हल्लाको पछि नलाग्न लगानीकर्तालाई आग्रह गरे । गर्गको यो प्रष्टोक्तिपछि मात्र कम्पनीको सेयरमा जारी भारी गिरावट थामियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago