काठमाण्डौ। युुरोपको अग्रेणी हवाई कम्पनी लुुफ्थान्सा यतिबेला राहतको विषयमा जर्मन सरकारसँग वार्तामा रहेको छ।

कम्पनीले सरकारसँग कोरोनाका कारण टाँट पल्टनबाट बच्न कस्तो सहयोग प्राप्त गर्न सकिन्छ भनेर गम्भीर छलफल गरिरहेको छ। लुुफ्थान्सा गुुप्रले मंगलबार भिडियो कन्फ्रेन्सिङमार्फत आफ्नो वार्षिक साधारणसभा आयोजना गरेको थियो। सभामा कम्पनीले पहिलो त्रैमासमा करिब १.३ बिलियन डलरको घाटा व्यहोरेको उल्लेख गरेको छ। 

यसका साथै कम्पनीले कोरोनाभाइरसका कारण उत्पन्न भएको विश्व हवाई उड्यन क्षेत्रको धुुमिल तस्बिरलाई चित्रण गरेको थियो। बलुुमबर्गका अनुुसार कम्पनीले बेलआउटका बारेमा सेयरधनीहरुले सोधेका प्रश्नहरुको बारेमा केही पनि जवाफ दिएन। 

पछिल्लो साता स्विट्जरल्यान्डको सरकारले आफ्नो स्विस क्यारियरलाई १.५ बिलियन डलरको ऋण प्याकेजको ८५ प्रतिशत ग्यारन्टी गर्ने निर्णय गरेको थियो। यो गुुप्रको जर्मनी, अस्ट्रेलिया र बेल्जियमका हवाई कम्पनीमा पनि स्वामित्व रहेको छ। 

ब्लुुमबर्गका अनुुसार लुुफ्थान्साले जर्मन सरकारसँग १०.८ बिलियन डलरको बेलआउटको सम्झौताका लागि छलफल  गरिरहेको छ। जसमा कम्पनीद्वारा सरकारलाई २५.१ प्रतिशत स्वामित्व प्रदान गरेर कम्पनीको सुुपरभाइजेरी बोर्डमा स्थान दिइनेछ। 

लुुफ्थान्साले यो प्रतिवेदनबारे प्रतिक्रिया दिन इन्कार गरेको छ। तर कम्पनीले मे ३ मा आफ्ना कर्मचारीलाई लेखेको चिठीमा चाँडो नै निष्कर्षमा पुुग्ने विश्वास व्यक्त गरेको थियो। “जर्मन सरकारको सहयोग भविष्यका लागि निर्णयात्मक कदम हुुनेछ”, कार्यकारी बोर्डले उक्त पत्रमा उल्लेख गरेको छ। 

विश्लेषकहरुले भने सरकारको हस्तक्षेपले लुुफ्थान्सालाई योजनाबद्ध पुुनर्संरचना कार्यक्रमलाई शीघ्र कार्यान्वयन गर्न असर पुुर्याउने बताएका छन्। जसका कारण कम्पनीको उडानमा १३ प्रतिशत कटौती र १० हजार कामदार कटौती हुुन सक्नेछ। 

कम्पनीको करिब दुुई तिहाइ कर्मचारीहरु अर्थात ८० हजार कामदारहको काम पहिल्य नै घटाइएको छ। कम्पनीका सीईओ कार्टस्टेन स्पोरले मंगलबार भने, “निर्णय लिने र कदम चाल्ने उद्यमशिलता स्वतन्त्रता भने लुुफ्थान्सा आफैसंग राख्न चाहन्छ। त्यसैले हामी सरकारको सहयोग र साथ चाहन्छौँ, सरकारको व्यवस्थापन होइन।” 

युुरोप र अमेरिकाका अधिकांश हवाई कम्पनीहरुले कोरोनाका कारण उत्पन्न संकटबाट बच्न लगानीकर्ताको कोष र सरकारको बेलआउटका लागि खोजी गरिरहेका छन्। आर्थिक संकट यति गहिरिँदैछ कि लुुफ्थान्साले प्रतिघन्टा १.१ मिलियन डलर गुमाइरहेको जनाएको छ। – एजेन्सी