काठमाण्डौ । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत दृष्टिबिहिनहरुलाई सहयोग प्रदान गरेको छ । 
मिति २०७३ आषाढ ३ गते दृष्टिबिहिन सहयोग केन्द्र नेपाल र ललितपुर नेत्रहीन संघद्वारा ललितपुर बार एशोसिएशन, लगनखेलमा आयोजित कार्यक्रममा बैंकले ३२ जना दृष्टिबिहिन विद्यार्थीहरुलाई सेतो छडी वितरण गर्ने कार्यक्रमको प्रायोजन गरेको छ । 

सो कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट उच्च शिक्षा हासिल गर्न आएका विपन्न घरपरिवारका दृष्टिबिहिन विद्यार्थीहरुको सहभागिता थियो । उनीहरुलाई हिँडडूल गर्न सहज होस् भन्ने उद्देश्यले सेतो छडी प्रदान गरिएको थियो । 

सो अवसरमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रमेशप्रसाद लोहनीले दृष्टिबिहिन विद्यार्थीहरुलाई सेतो छडी वितरण गरेका थिए । 

नबील बैंकले समुदायलाई आफ्नो एक अभिन्न अंगकोरुपमा लिंदै विभिन्न सामाजिक दायीत्व निर्वाह गर्दै आएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल बैंकले शैक्षिक क्रियाकलाप, बिज्ञान र प्रविधि, खेलकुद, स्वास्थ्य, कला तथा साहित्य आदि विभिन्न क्षेत्रहरुमा सहायता प्रदान गर्दै विविध सामाजिक कल्याणका लागि काम समेत गर्दै आएको र यो निरन्तर रहने बैंकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।