काठमाण्डौ । नाइकीले हातले नछोइकनै लगाउन र खोल्न मिल्ने नयाँ जुत्ता बजारमा ल्याउन लागेको छ।
निहुरेर हातबाट जुत्ता लगाउन झन्झट र असजिलो मान्नेहरुका लागि कम्पनीले नयाँ शैलीको जुत्ता बजारमा ल्याउन लागेको हो। कम्पनीले ‘गो फ्लाइइज’ नामक जुत्ता बजारमा ल्याउन लागिएको जनाएको छ।
यो कम्पनीको पहिलो तुनाविहीन स्निकर्स जुत्ता हो। जुन हातको प्रयोगबिनै सजिलै लगाउन र खोल्न सकिन्छ।
यो क्याजुयल जुत्ता यस्तो समयमा आएको छ, जुन बेला कोरोना महामारीका कारण मानिसहरु कमभन्दा कम वस्तुहरु छोइरहेका छन्। ‘गो फ्लाइइज’ का थुप्रै विशेषतामध्ये तुना भएको ठाउँ सुरक्षित गर्ने टेन्सन ब्यान्ड पनि एक हो। टेन्सन ब्यान्डमा खुटा छिराएर पछि जुत्ता आफ्नो स्थानमा आउने र आराम हिँड्न सकिने तथा पछाडिपट्टि रहेको स्टेपिङ हिलमा टेकेर आरामले जुत्ता निकाल्न सकिन्छ।
यो जुत्ता नाइकीको वेबसाइटका फ्री मेम्बरसिप प्रोग्रामअन्तर्गतका सब्सक्राइबर्सका लागि फेब्रुअरी १५ देखि १२० अमेरिकी डलरमा बिक्रीमा राखिने भएको छ। अन्यका लागि यसको ब्यापक उपलब्धता भने केही समयपछि मात्रै हुनेछ।
आफ्नो वेबसाइमार्फत प्रत्यक्ष रुपमा नयाँ जुत्ता लन्च गर्नाले तेस्रो पार्टी अर्थात खुद्रा व्यापारी बिना नै ग्राहकहरुलाई सोझै बिक्री गर्ने कम्पनीको व्यापारिक रणनीतिलाई बल पुर्याएको छ। कम्पनीले गत डिसेम्बर महिनामा क्याजुयल र फिटनेस जुत्ताप्रति देखिएको आकर्षणका कारण हालको त्रैमासमा कम्पनीको अनलाइन बिक्री ८४ प्रतिशतले वृद्धि भएको जनाएको थियो। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago