काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हाथवे इभेस्टमेन्ट नेपालको नाफामा उछाल आएको छ। 

आज सार्जवनिक प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले १ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १५५७.१५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ९ लाख ५४ हजार नाफा आर्जन गरेको थियो। 

कम्पनीको कुल आम्दानी भने ५४.१९ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष कम्पनीको कुल आम्दानी ४ करोड ७९ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर २ करोड १९ लाख रुपैयाँमा सीमित बनेको छ। 

चुक्तापुँजी १ अर्ब १७ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार घटेर ७० करोड ७५ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा ८५ करोड ५० लाख रुपैयाँ थियो। 

कम्पनीको सहायक कम्पनी हाथवे स्टक डिलरको चुक्तापुँजीमा ९० प्रतिशत लगानी गरेको छ। 

कम्पनीको ईपीएस बढेर २.७० रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ०.१९ रुपैयाँ थियो। पीई रेसियो १०५.१९ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ८०.२४ रुपैयाँ रहेको छ।