काठमाण्डौ । नूवाकोटको विदूरमा मुख्य कार्यालय रहेको हाम्रो विकास बैंकले आर्थिक वर्ष २०७३ /७४ मा ४ करोड ३५ लाख खूद नाफा आर्जन गरेको छ । 

अघिल्लो वर्ष यो बैंकले ३ करोड ७९ लाख मात्र नाफा कमाएको थियो । 

व्यवसाय बिस्तारमा सक्रिय रहेका कारण हाम्रो विकास बैंकको खूद ब्याज आम्दानीमा राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष ५ करोड ८१ लख रुपैयाँमा सीमा खूद ब्याज आम्दानी बढेर यो वर्ष ८ करोड २५ लाखको उचाईमा पुुगेको छ । 

अघिल्लो वर्ष ४ करोड ५३ लाखमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ६ करोड ५३ लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा बैंकले १ अर्ब २५ करोड निक्षेप संकलन गरी १ अर्ब १२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड निक्षेप संकलन गरी ८४ करोड ६० लाख कर्जा परिचालन गरेको थियो । 

यो विकास बैंकले आफ्नो रिजर्ब कोषलाई समेत बढाएको छ । अघिल्लो वर्ष ४ करोड ७९ लाख रुपैयाँ रहेको कोषमा यो वर्ष ६ करोड ९ लाख रुपैयाँ जम्मा भएको छ । यो बैंकको चुक्तापूँजी ४१ करोड ३६ लाख रुपैयाँ रहेको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १०.५४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११४.१७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४२२.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.२० गुणा कायम भएको छ ।