काठमाण्डौ । विश्वकै खर्बपति टेक टाइकून, ज्याक माले हालसम्मकै सबैभन्दा ठूलो आकारको आइपीओबाट ३४ बिलियन डलरभन्दा बढी रकम संकलन गर्दैछन् । यो आइपीओपछि ज्याक मा विश्वकै सबैभन्दा धनी टेक टाइकून बन्नेछन् भने विश्वका धनीहरुको सूचीमा उनले फड्को मारी ११ औं स्थानमा पुग्नेछन् ।
फाइनान्सियल टेक कम्पनी आन्ट ग्रुपले चीनको सांघाई र हङकङलाई केन्द्रीत गरी इतिहासकै ठूलो आकारको आइपीओ निश्कासन गर्न लागेको छ ।
ब्लुमबर्गको एक अनुमान अनुसार ५६ वर्षीय टेक टाइकून माको सम्पत्ति आइपीओपछि ७१.१ बिलियन डलरको उचाईमा पुग्नेछ । योसँगै उनी विश्वका ११ औं धनी व्यक्ति बन्नेछन् ।
इकमर्स जायन्ट कम्पनी अलीबाबा र आन्ट ग्रुपमार्फत माले चीनको इन्टरनेट उद्योग र त्यहाँका लाखौं करोडौं उपभोक्तामा छुट्टै पहिचान बनाइसकेका छन् । अलीबाबा र आन्ट ग्रुपको प्रभाव नभएको चीनमा कुनै पनि ठाउँ तथा व्यक्ति छैन । अलीबाबा र माको विषयमा पुस्तक लेखेका लेखक डनक्यान क्लार्कलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ-'यदि तपाई चीनमा बस्नुहुन्छ भने माले स्थापना गरेका कम्पनीहरुको प्रडक्ट तथा सेवासँग तपाई प्रत्येकघण्टा जोडिइरहनुभएको हुन्छ ।'
बितेका १० वर्षमा ज्याक माले इकमर्सको एपमार्फत चिनियाँहरुको विश्वास जित्ने काम गरेका छन् । यसैको फलस्वरुप कम्पनीको आकार अनपेक्षित रुपमा ठूलो भयो र यसले जारी गरेको आइपीओबाट संस्थापक मा पनि मालामाल बन्ने निश्चित छ ।
मा ले अनलाइन भुक्तानीका लागि अली पे नामको प्लेटफर्म(एप) विकास गरे, यहीबाट आन्ट ग्रुप पनि चम्किएको विश्वास गरिन्छ । अली पे अगाडि यस्तै सेवा बैंकहरुबाट पनि पाइन्थ्यो, तर ती सेवा निकै सुस्त र प्रभावहीन जस्तै थिए । यस्तो अवस्थाको चीनलाई अली पे ले डिजीटल भुक्तानीको दुनियाँमा कायापलट गरिदियो ।
आन्ट ग्रुपले पछिल्लो समय आफ्नो प्लेटफर्म प्रयोग गरी मानिसहरुले सानातिना लोनहरु अनलाइनबाट तत्काल आवेदन दिई पाउनसक्ने सुविधा समेत दिइरहेको छ । यस्तै, एक युआनभन्दा कम लगानी गरेर अनलाइनबाटै मानिसहरु ठूला मनी मार्केटमा लगानीको समेत अवसर आन्ट ग्रुपले जुटाइदिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago