काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा थामिनसक्नु आवेदन परेको छ ।
गत सोमबारदेखि आइपीओ निष्कासन गरेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आवेदनमा मागभन्दा ४.१४ गुणा बढी आवेदन परेको हो ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आज चौथो तथा अन्तिम दिन बेलुकी ५ः५० बजेसम्म १० लाख ७४ हजार ५४५ आवेदकबाट २ करोड ९१ लाख ३ हजार ३०० कित्ताका लागि आवेदन परेको छ । यो संख्या थप बढ्नेछ ।
प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा परेको हालसम्मकै सर्वाधिक आवेदनको रेकर्ड कायम गरेको छ । यसअघि सानिमा जनरल इन्स्योरेन्स कम्पनीमा ८ लाख ८० हजार आवेदन परेको थियो ।
हिजो तेस्रो दिन ८ लाख ९२ हजार ८५४ आवेदकबाट २ करोड ४८ लाख १६ हजार ६७० कित्ताका लागि आवेदन परेको थियो ।
यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयरको प्राथमिक निष्कासन गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सो कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता म्युचुअल फन्डहरुका लागि र बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।
कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतबराबरको सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ पुग्नेछ। यस्तै संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० प्रतिशत हुनेछ।
आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु लाइफलाई इक्रा एनपी आईआर डबल बी प्लसको रेटिङ दिएको छ। यस्तो रेटिङ पाउने कम्पनीहरु मध्यम जोखिम खालका कम्पनी मानिन्छन्। यस्तै इक्राले प्रभु लाइफको आइपीओलाई ग्रेड फोरको रेटिङ प्रदान गरेको छ, जुन खासै राम्रो रेटिङ होइन।
हाल यो कम्पनीको देशभर ९० शाखा रहेका छन् भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago