काठमाण्डौ । आज बजार दिनभर नै निरन्तर रुपमा बढेर बन्द भयो । बिहान खुलेदेखि बढेको बजार लामो समयपछि ९२ अंकको उछाल आयो । 

प्राविधिक रुपले हेर्दा आज बजारमा बुलिस मारुबुुजु क्याण्डल बनेको छ । हिजो र  आज बनेको क्याण्डलले यसअघि बनेका करिब २० वटा क्याण्डलाई ढाकेको छ । 

बजारलाई बोलिङ्गर ब्याण्डमार्फत हेर्दा मध्य ब्याण्डलाई ब्रेक गरेर माथि गएको छ । आजको क्याण्डलले करिब करिब अप्पर ब्याण्डलाई पनि छुन खोजेको देखिन्छ । 

आगामी कारोबारमा अप्पर ब्यान्डमा ठोकिएपछि बजारमा 'इन्ट्रा डे  करेक्सन' आउन पनि सक्छ ।

म्याक्डीमा आज बजारले प्रष्ट रुपमा बुलिस क्रसओभर दिएको छ भने हिस्टोग्राम पनि सकरात्मक बनेको छ  । आरएसआईमार्फत हेर्दा आज बजारले ओभरसोल्ड जोन ३० बाट फर्केर ५७ को तहमा पुगेको देखिन्छ । 

समग्रमा तीनवटै इण्डिकेटरमार्फत हेर्दा बजारले दिगो बुलिस यात्रा तय गर्दै गरेको देखिन्छ । तर यसबीचमा बजारमा साना ठूला करेक्सन आउन सक्छन्, जुन स्वभाविक हो । 

पिभट्मार्फत हेर्दा आज १९६३ मा बन्द भएको बजारले पिभट् प्वाइन्टको तेस्रो प्रतिरोध १९८३ आसपासमा प्रतिरोध सामना गर्न सक्छ । बजारले आज पहिलो र दोस्रो प्रतिरोधलाई ब्रेक गरेर माथि गएको छ । आगामी कारोबारमा  यदि बजार घटेमा १९३६ आसपासमा सपोर्ट लिनसक्छ । 

कारोबार तथा भोलुमको हिसाबले आज बजारमा करिब २ अर्वको कारोबार भएका छ । यो भनेको केही दिनअघिको औसतभन्दा भन्दा डबल हो ।