काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था (साबिक सिभिल लघुवित्त)ले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिसम्म संस्थाले १ करोड ५३ लाख खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ७८.५० प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा ७ करोड १४ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिसम्म संस्थाले २ करोड १९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १० करोड ४० लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा सञ्चालन मुनाफा पनि ७९.०४ प्रतिशतले घटेको छ। 

संस्थाले खुद ब्याज आम्दानीबापत २० करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी २६ करोड ८० लाख रुपैयाँ रहेको थियो। ब्याज आम्दानी पनि २४.५२ प्रतिशतले कम आर्जन भएको छ। 

समीक्षा अवधिसम्म संस्थाले ३ अर्ब १७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष संस्थाले २ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाको रिजर्भको आकार १७.४१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ७ करोड ४९ लाख रुपैयाँ रहेको रिजर्भको आकार बढेर ८ करोड ८० लाख रुपैयाँको उचाइमा पुगेको छ। 

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.३७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.४७ प्रतिशत रहेको छ। 

एनपीएल बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर १ करोड ३२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज १० लाख ७८ हजार रुपैयाँले ऋणात्मक थियो। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८०.६१ प्रतिशतले घटेर ४.८१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १४.८१ रुपैयाँ थियो। पीई रेसियो भने १५६.७६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३४.८५ रुपैयाँ रहेको छ।