काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले हालसम्म क्यापिटल प्लानमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव नेपाल बीमा प्राधिकरणमा पेश नगरेको बताएको छ ।
कम्पनीका डेपुटी सीईओ कमल गौतमले हकप्रद सम्बन्धी कुनै प्रस्ताव प्राधिकरणमा पेश नगरेको बताएका छन् ।
बीमा प्राधिकरणले मर्जरमा गएर पनि न्यूनतम चुक्तापुँजी नपुगेका बीमा कम्पनीहरुलाई सहुलियतमा हकप्रद जारी गर्न दिने बताएको थियो । प्राधिकरणका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले यसअघि मर्जरमा सामेल भएका कम्पनीलाई अपुग रकम बराबरको हकप्रद जारी गर्न दिने बताएका थिए ।
केहि दिनअघि मात्रै प्राधिकरणबाट १० वटा बीमा कम्पनीले हकप्रद निष्कासनको अनुमति पाएको भन्दै विभिन्न सञ्चारमाध्यमहरुमा समाचारसमेत प्रकाशन भएको थियो । जसमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि १२ प्रतिशत हकप्रदको अनुमति पाएको उल्लेख थियो ।
तर कम्पनीले भने हकप्रद सेयर सम्बन्धी कुनै खालको प्रस्ताव पेश नगरेको दाबी गरेको छ ।
‘क्यापिटल प्लानमा हामीले हकप्रद निष्कासनको प्रस्ताव राखेकै छैनौ, मिडियाहरुमा यो सम्बन्धी समाचारहरु कताबाट आयो थाहा छैन’, गौतमले भने, ‘प्राधिकरणले तोकेको पुँजी पुर्याउन थोरै रकम मात्रै अपुग छ, यसको लागि हकप्रद सेयर नै जारी गर्नुपर्छ भन्ने छैन ।’
हाल हिमालयन एभरेष्ट इन्स्योरेन्सको चुक्तापुँजी २ अर्ब ३० करोड १५ लाख रुपैयाँ छ । कम्पनीलाई प्राधिकरणले तोकेको साढे २ अर्ब पुँजी पुर्याउन अझै २० करोड पुँजी अपुग छ ।
कम्पनीले हकप्रदको बाटो नरोजी गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याउने संकेत देखिएको छ ।
यदि कम्पनीले बोनस वितरणबाटै २ अर्ब ५० करोड पुँजी पुर्याउने हो भने ८ प्रतिशत बोनस शेयर जारी गर्नुपर्ने देखिन्छ । कम्पनीका डीसीईओ गौतमले यसबारेमा सञ्चालक समितिले निणर्य गर्ने भएकोले के कति बोनस दिने कुनै जानकारी नभएको बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago