काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सले २१ लाख ६२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ।
हिमालयन लाइफ इन्स्योरेन्सको कलंकी शाखाले बीमित डा. लक्ष्मण गिरीको निधनपछि उनी श्रीमती भवानी गिरी उक्त रकम दाबी भुक्तानी गरेको हो। कलंकी शाखाका शाखा प्रमुख हेमन्त तिवारी, मार्केटिङ एक्जिक्युटिभ विश्व खनाल, अपरेटिङ इन्चार्ज मधु गिरी, एमडीआरटीद्वय काशिराम ढकाल र रामकुमार अधिकारी तथा सिनियर एजेन्सी रेशम श्रेष्ठको रोहबरमा भवानी गिरीलाई दाबी रकम रु.२१ लाख ६२ हजारबराबरको चेक हस्तान्तरण गरिएको हो।
डा. गिरीले २ वर्षअगाडि साविक युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सल्यान शाखाबाट रु. २० लाखबराबरको एएमबी प्लानअन्तर्गतको बीमालेख खरिद गरेको छ। उनको मृत्यु दाबीका लागि कम्पनीमा सम्पूर्ण कागजपत्र पेस गरेको ११ दिनमै कम्पनीले दाबी भुक्तानी गरेको बीमितकी श्रीमती गिरीले जानकारी दिइन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19