काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष(आव) २०८०/ ०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ ।
प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिसम्ममा २४ करोड १३ लाख नाफा आर्जन गरेको छ । उक्त नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३५.३८ प्रतिशतले बढी हो । गत आवको उक्त अवधिसम्ममा कम्पनीले १७ करोड ८३ लाख नाफा कमाएको थियो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको कुल आम्दानी १२.८१ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले गत आवमा कुल ५ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको थियो । चालू आवमा उक्त आम्दानी बढेर ५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।
चालू आवमा नाफाबढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १२.०४ रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी ८ अर्ब २ करोड रुपैयाँ छ ।
कम्पनीले रिटेन्ड अर्निङमा १ अर्ब १५ करोड रुपैयाँ र महाविपत्ती कोषमा ४७ करोड ६ लाख रुपैयाँ सञ्चित गरेको छ ।
यसैगरी, कम्पनीको मूल्य आम्दानी अनुपात ३२.३० गुणा र प्रतिशेयर नेटवर्थ १२१.६२ रुपैयाँ रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19