काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्सको प्राथिमिक सेयर निष्कासन(आईपीओ) आज(पुस ११ गते) बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज बिहान १० बजे काठमाडौंको बालुवाटारको शुवर्ण शमशेर मार्गमा अवस्थित ताज रिसेप्सनमा बाँडफाँट गरिनेछ । 

कम्पनीको आईपीओको प्री–अलोटमेन्ट भने भइसकेको छ । कम्पनीको आईपीओमा माग गरिएको भन्दा १.३ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार १६ लाख ६० हजार २२ जना आवेदकले ३ करोड २२ लाख १५ हजार कित्ता सेयरको लागि आवेदन दिएका छन् ।
यस हिसावले हेर्दा सबैले १० कित्ताका दरले सेयर पाउने र करिब केहि आवेदकले २० कित्ताका दरले थप सेयर पाउने भएका छन् ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको थियो ।कम्पनीले गत मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।