काठमाण्डौ। हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त गरिएको छ । कम्पनीको सञ्चालक समितिको  निर्णयअनुसार एनएमबि क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।   

सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु एनएमबि क्यापिटलले गर्नेछ ।