काठमाण्डौ । हिमालयन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको कर्मचारी संघको गण्डकी प्रदेशको अध्यक्षमा देवेन्द्र अधिकारी निर्वाचित भएका छन् । कम्पनीको गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट न्यूरोड शाखामा कार्यरत अधिकारी निर्वाचित भएका हुन् । 

यस्तै संघको सचिवमा रविन जिसी, कोषाध्यक्षमा उषा पौडेल र सदस्यहरुमा मनिषा भण्डारी, पार्वती श्रेष्ठ, आश बहादुर गुरुङ, ज्योती गुरुङ, देवि कुमारी शर्मा र पार्वती मास्के निर्वाचित भएका छन् भने उपाध्यक्ष पद कार्यसमितिले चयन गर्नेछ ।

कार्यक्रममा बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख केशवराज दहालले समग्र बीमा क्षेत्रमा देखिएका विकृति तथा समस्याहरुलाई समाधान गर्ने तर्फ आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर कर्मचारी तह र अभिकर्ताले सकरात्मक भूमिका खेल्नुपर्ने बताए । 

यस्तै कार्यक्रममा कर्मचारी संघका केन्द्रीय अध्यक्ष हरि बहादुर खड्का, संघका वरिष्ठ उपाध्यक्ष रुद्रमान तामाङ घिसिङ, संघका केन्द्रीय महासचिव उद्धव विडारी, हिमालयन लाइफ इन्सोरेन्सका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य, शाखा प्रमुखको तर्फबाट बगर शाखा प्रमुख श्याम प्रसाद तिमिल्सेना लगायतले मनतव्य व्यक्त गरेका थिए । 

उक्त अधिवेशन उमाकान्त बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।कम्पनीका गण्डकी प्रदेश भित्र २० वटा शाखा रहेका छन् ।