काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश वितरणको घोषणा गरेको हो । 
 

कम्पनीले आव २०७९/८० को योग्य मुनाफाबाट ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशत लाभांस वितरणको घोषणा गरेको हो । 

कम्पनीले चुक्तापूँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँको ८.६३ प्रतिशतले हुन आउने १९ करोड ८३ लाख रुपैयाँबराबरको बोनस सेयर र ६.३७ प्रतिशतले हुन आउने १४ करोड ६६ लाख ७ हजार ७८० रुपैयाँबराबरको नगद लाभांसको घोषणा गरेको हो । 

कम्पनीद्वारा प्रस्तावित लाभांस बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई प्रदान गरिनेछ ।