 
                     
                                
                             
                                    काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ।
कम्पनीबाट विभिन्न मितिमा बीमा गराई व्यतित बीमालेखहरु मा२ गतेदेखि १५ गतेसम्म नवीकरण/पुर्नजागरण गर्दा २५ देखि शतप्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो।
कम्पनीले ३ वर्षसम्म व्यतीत भएका बीमालेख नवीकरणमा १०० प्रतिशत, ३ वर्षदेखि माथि ५ वर्षसम्म ५० प्रतिशत र ५ वर्षदेखि माथि ७ वर्षसम्म ३५ प्रतिशत र ७ वर्षदेखिमाथि जुनसुकै अवधिका लागि २५ प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ ।
कम्पनीले व्यतीत बीमालेख पुनर्जागरण गर्दा कम्पनीले दिएको छुट सुविधा बीमा अवधिभर एकपटकमात्रै प्रदान हुने जनाएको छ।
त्यस्तै, कम्पनीबाट ब्याज छुट सुविधाको उपयोग गरी नवीकरण गराइएका बीमालेखहरु बीमालेख नवीकरण भएको दुई वर्षभित्र बीमित तथा प्रस्तावकहरुले नियमअनुसार सरेन्डर गर्न चाहेमा बीमालेख नवीकरण गर्दा छुट प्रदान गरिएको ब्याजबापतको रकम कम्पनीबाट कट्टा गरिनेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19