काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभा डाकेको छ। 

कम्पनी सञ्चालक समितिको शनिबार (वैशाख १६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौ नयाँबानेश्वरको थापागाउँस्थित अर्पण बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले अधिकृत पुँज्ी गरी गरी २ अर्ब ५० करोड रुपैयाँ र जारी पुँजी वृद्धि गरी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

हकप्रद सेयर निष्कासनपछि प्राप्त हुने पुँजी व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव सभाले स्वीकृत गर्नेछ। कम्पनीका लागि आवश्यक नपर्ने चल–अचल सम्पत्ति जग्गा जमानी बिक्री गर्ने अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ। 

सञ्चालक समितिको गठन र संख्यासम्बन्धी विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सुमन शर्मा चौलागाईंलाई बाँकी कार्यकालका लागि सर्वसाधारणतर्फको सञ्चालक पदमा नियुक्त गरिएकोले सोको अनुमोदन गर्ने काम पनि सभाले गर्नेछ।