-प्रकाश बञ्जारा
यूएई । अरबमा कमाएको पैसा अबैधानिक रुपमा  हुण्डीको माध्यमबाट नेपाल पठाउने प्रवृति बढेकोमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईले चिन्ता व्यक्त गरेको छ ।
परिषदले हालै नेपाली राजदुताबास युएई अवुधावीका कार्यबहाक राजदुत सागरप्रसाद फुँयाललाई भेटी कानुनी तवरबाट रेमिट्यान्स प्रवाहका लागि पहल गरिदिन माग गर्दै एक ज्ञापनपत्र समेत बुझाएको छ ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति युएईका अध्यक्ष रमेश श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा हुण्डी नियन्त्रणका लागि सुझाव समेत समेटिएको छ । हुण्डी कारोबार पैसा बढी पाउने प्रलोभनमा परी बढेकोतर्फ संकेत गर्दै पत्रमा भनिएको छ, “नेपाली श्रमिकले आफूले कमाएको रकमलाई बैधानिक तवरले रेमिट्यान्स गरी स्वदेश पठाउनुपर्ने भएता पनि केही निश्चित समूहहरुबाट संचालित हुण्डीबाट बढी पैसा पाउने प्रलोभनमा पनि धेरैजसो नेपालीे श्रमिकहरुले अबैधानिक तरिकाले पैसा पठाउने गरेको पाईएको छ। ”
पैसा बढी पाउने प्रलोभनमा परी कामदारले एडभान्समै पैसा हुण्डीका दलाललाई दिने गरेकाले बेला–बेलामा दलालले नेपालमा पैसा भुक्तानी नगरेका गुनासाहरु पनि आफूहरुसम्म आउने गरेका विज्ञप्तिमा खुलाइएको छ ।
नेपालको अर्थतन्त्रको मुख्य स्रोत रेमिट्यान्स नै भएकोले यसलाई बैधानिक तवरले पठाउन सके अर्थतन्त्र सवल हुने भन्दै सरकार र सरकारी निकायले यसका लागि ठोस कदम चाल्नुपर्नेमा एनआरएनको जोड छ ।
नेपाली दुताबास अबुधावि समक्ष एनआरएनले दुई बुँदे सुझाव समेत पेश गरेको छ । प्रस्तावित सुझाव अनुसार दुतावासमार्फत सेवा लिन चाहने जोसुकै नेपालीेले पछिल्लो पटक पैसा रेमिट्यान्स गरेको प्रमाण लिन तथा नेपालमा श्रम नवीकरण गर्दाका बखत कम्तीमा एक बर्षसम्म बैकिङ्ग तवरबाट रेमिट्यान्स गरेको प्रमाण लिएर मात्र श्रम नवीकरणको काम गर्नुपर्ने छ ।
नेपाली दुताबासमा भएको छलफल र एनआरएनको सुझावप्रति दुताबास सकारात्मक रहेको समितिका प्रवक्ता मनु क्षेत्रीले बिजशालालाई जानकारी दिए ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19