काठमाण्डौ । लालसागरमा हुथी विद्रोहीकोको आक्रमण जारी रहिरहे तेलको मूल्य दोब्बरले वृद्धि हुने चेतावनी दिइएको छ । होर्मुजको जलमार्गमा हुथी विद्रोहीको अवरोधले तेलको मूल्य दोब्बर हुनसके गोल्डम्यान स्याक्सले चेतावनी दिएको हो ।
अमेरिकी टेलिभिजन सीएनबीसीलाई अन्तर्वार्तामा दिदैँ कम्पनीको तेल अनुसन्धान विभागका प्रमुख डान स्ट्रुवेनले लालसागर एक ट्रान्जिट मार्ग भएको र त्यहाँ लामो समयसम्म अवरोध भएमा तेलको भाउ तीन वा चार डलर बढ्न सक्ने बताएका छन् ।
‘यद्यपि यदि स्ट्रेट अफ हर्मुजमा एक महिनाको लागि अवरोध भयो भने, तेलको मूल्य २० प्रतिशतले बढ्ने छ र त्यहाँ अवरोध लामो समयसम्म रह्यो भने अन्ततः दोब्बर हुन सक्छ,’ उनले भने।
तत्काललाई स्ट्रुवेनले भनेजस्तो अवस्था नआउने देखिएपछि उनको भनाईले अन्तर्राष्ट्रिय व्यापार र राजनीतिको सामूहिक आवाजलाई प्रतिनिधित्व गरेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।
गत नोभेम्बर महिना देखि हुथी विद्रोहीहरूले क्षेप्यास्त्र, ड्रोन, द्रुत डुङ्गा र हेलिकप्टरहरू प्रयोग गरेर २० गुणाभन्दा बढी पटक लाल सागरमा व्यावसायिक ढुवानीमा आक्रमण गरेका छन्।
आक्रमणको प्रतिउत्तरमा अमेरिकाले डिसेम्बरमा व्यापारिक यातायातको सुरक्षा गर्न गस्ती बढाउने घोषणा गर्यो । बेलायत, अष्ट्रेलिया र क्यानडाका जहाजहरू पनि यसमा संलग्न छन्।
आक्रमणको परिणामस्वरुप डिसेम्बरको प्रारम्भिक–मध्यमा केहि मात्रामा तेलको मूल्य वृद्धि देखियो, तर बजार व्यापक नरम रहेको कारण अस्थिरता धेरै हदसम्म कम भएको छ।
अघिल्लो साताको अन्त्यमा विद्रोहीहरूको आक्रमणमा परेको युरोपका दुई ठूला ढुवानी कम्पनी मार्स्क र हापाग लोयडले लालसागर र स्वेज नहरका मार्गहरू प्रयोग गर्न अस्वीकार गरेका छन् ।
इजरायलले प्यालेस्टाइनमा आक्रमण जारी राखिराखेको अवस्थामा हमासप्रति बढीरहेको समर्थनले पश्चिमी व्यापारिक क्रियाकलापमा अवरोध सिर्जना भईरहेको छ ।
-एजेन्सी
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago