काठमाण्डौ । कार निर्माता कम्पनी हुन्डाईले विद्युतीय उड्ने ट्याक्सीको नयाँ प्रोटोटाइन पेश गरेको छ ।

कम्पनीले अमेरिकाको लस भेगासमा चलिरहेको ‘कन्ज्युमर इलेक्ट्रिोनिक शो( २०२४ ’(सिईएस) मा विद्युतीय उड्ने ट्याक्सिको अवधारण पेश गरेको हो । 

कम्पनीले यसअघि सन् २०२० मा नै ‘इभ्टोल’को प्रोटोटाइप पहिलोपटक सार्वजनिक गरेको थियो । 

त्यतिबेला कम्पनीले इभ्टोल चाडै नै उबेरको एअर ट्याक्सीको हिस्सा हुने जनाएको थियो । तर अहिले अवस्था फेरिएको छ । उबेरले आफ्नो एअर ट्याक्सी नेटवर्कलाई अन्य स्टार्ट अपलाई बिक्री गरिसकेको छ । 

हुन्डाईले इभ्टोलको नयाँ भर्जन तयार गरेको छ । यसलाई निर्माण गरिरहेको कम्पनीको नाम सुपरनर्ल हो । कम्पनीले यो उड्ने ट्याक्सी सन् २०२८ सम्ममा निर्माण भई सक्ने जनाएको छ । 

सुपर्नलका अनुसार एस–एटु कन्सेप्ट १२० मिनेट प्रति घण्टाको गतिमा उड्न सक्छ । यो ट्याक्सिलाई १ हजार ५०० फिटको उचाईमा उडाउन सकिन्छ । यसमा टिकाउ ब्याट्री हुनेछ र यसले २५ देखि ४० माइलको दुरी तय गर्नेछ । 

यो ट्याक्सीमा ४ जना यात्रु सवार गर्न सक्नेछन् । यसप्रकारको दुरी पार गर्न सामान्यतः हेलिकप्टरको प्रयोग गर्ने गरिन्छ । 

कम्पनीले उड्ने ट्याक्सीले एकदमै कम आवाज निकाल्ने जनाएको छ ।

यसको उडानमा कुनै डिशवासर जत्तिकै आवाज आउने छ । यसको मुख्य उदेश्य हावा र ध्वनी प्रदुषण कम गर्नु हुनेछ । -एजेन्सी