काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंकले असार १६ गते हुम्लाको सिमकोट गाउँपालिकाको कालीचोकमा शाखा बिस्तारसँगै औपचारिक कारोबार थालेको छ । 

यसरी अब यस विकास बैंकको कुल शाखा संख्या ८६ पुगेको छ भने बैंकको थप ५ शाखा उद्घाटन हुने क्रममा रहेका बैंकले जनाएको छ । 

कालीचोक शाखा कार्यालयको विधिवत रुपमा उद्घाटन बैंकका संचालक समिति अध्यक्ष अच्यूतप्रसाद प्रसाई र सिमकोट गाउँ पालीकाका अध्यक्ष पदमबहादुर लामाबाट संयुक्त रुपमा भएको थियो । 

सो कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्इक्ष बली रावत लगायत वडाध्यक्षहरु, कार्यकार प्रम्ुख एवम् हुल्ला जिल्लाका न्यायाधीश केशबबहादुर पाण्डे, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगाना,लगायत उच्च सरकारी अधिकारी, स्थानीय उद्योगी व्यवसायी तथा सर्वसाधारणको सहभागिता थियो ।