काठमाण्डौ । प्रभू बैंक लिमीटेडले हुम्ला जिल्लाको दुर्गम गाउँपालिकामध्येको खापुर्ननाथ गाउँपालिकाको खार्पुनाथमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।
बैंकले असार २५ गतेदेखि खार्पुनाथथ गाउँपालिका वडानम्बर ५ मा शाखा खोली कारोबार थालेको हो ।
सो शाखाको उद्घाटन एक समारोहका बीच खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले औपचारिक उद्घाटन गरे ।
शाखा उद्घाटनपछि अध्यक्ष रावलले खुशी व्यक्त गर्दै प्रभू बैंकले विकटमा समेत सेवा बिस्तार गरी स्थानीय आर्थिक गतिविधि वृद्धिका लागि महत्वपूर्ण काम गरेको बताए । उनले स्थानीयलाई प्रभू बैंकको गुणस्तरीय सेवा उपयोग गरी औपचारिक च्यानलबाट आर्थिक कारोबार गर्न समेत आह्वान गरेका थिए ।
शाखा उद्घाटन कार्यक्रममा स्थानीय सरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ता, उद्योगी व्यवसायी, विभिन्न संघसंसथाका प्रतिनिधि, सर्वसाधारण लगायतको ठूलो सहभागिता रहेको थियो ।
यो समेत गरी प्रभू बैंकको शाखा सञ्जाल संख्या १८७ पुगेको छ । यो बैंकले देशभर १५० वटा एटीएम, २३ एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago